१२ बैशाख २०८१, बुधबार

फ्रान्स नकआउट चरणमा, पेरुकाे विश्पकप यात्रा समाप्त


France ambappe

८ असार, काठमाडौं । रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो । लगातार दोस्रो पराजयपछि पेरु भने विश्वकपबाट बाहिरिएको छ । पेरुले पहिलो खेलमा पनि डेनमार्कसँग १–० को पराजय ब्यहोरेको थियो ।

जितसँगै फ्रान्सको ६ अंक भएको छ भने विहीबारै भएको खेलमा अष्ट्रेलियासँग १–१ गोलको बराबरी खेलेको डेनमार्कको ४ अंक छ । अष्ट्रेलियाको १ अंक छ भने र पेरुले खाता खोल्न सकेको छैन ।

समूहको अन्तिम खेल फ्रान्सले डेनमार्कसँग र पेरुले अष्ट्रेलियासँग खेल्दैछन् । त्यस खेलले समूहको विजेता उपविजेता टुंगो लगाउनेछ ।

विहीबारको खेलको ३५औं मिनेटमा १९ वर्षीय स्ट्राइकर केलिन एमबाप्पेले गरेको गोल निर्णायक बनेको थियो ।

फ्रान्सका ओलिभर जिरोउडले प्रहार गरेको बल पेरुका गोलरक्षक पेड्रो पालेसले कलेक्ट गर्न नसक्दा एमबाप्पेले गोललाईन नजिकैबाट बललाई जाली चुमाएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल पदर्शन गरेको पेरुका केही प्रहार फ्रान्सेली रक्षापंक्तिले विफल पारिदिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !