७ बैशाख २०८१, शुक्रबार

कम्प्युटरका उपयोगी केहि सफ्टवेयरहरु !


Software


तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।

१. अनलकर (Unlocker) : तपाईले कुनै कुनै फाइल तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use” भनेर डिलिट नभएर दिक्क पारेको होला । यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई बन्द गरिदिन्छ ।

२. डबल किलर (Double killer) : डाउनलोड र कपी गरेर राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु हटाउँछ ।

३. माउस जिग्लर (Mouse Jiggler) : तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन केहि बेरमा माउस वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ । यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ । यसले कम्प्युटर नचले पनि कम्प्युटरलाई स्लिप मुडमा जान दिदैन ।

४. मेलस्टोर (MailStore) : यदि तपाई इन्टरनेट नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ भने यसको प्रयोग गर्न सक्नुहुनेछ । यसले इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड गर्छ जसलाई तपाईले पछि इन्टरनेट नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।

५. टेराकपी (Tercopy) : तपाईले कहिलेकाँही ठुला साइजका फिल्महरु कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ? यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए त्योबारेमा बताउँछ ।

६. सोल्युटो (Soluto) : कम्प्युटर ओपन गर्दा अनेक प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।

७. इरेजर (Eraser) : कम्प्युटरबाट डिलिट गरिएका फाइल तथ डकुमेन्टहरु केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले यसो नगर्नाल भन्न सकिदैन । यस्तोमा यो सफ्टवेयरले सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।

तल लिंकमा क्लिक गरेर डाउनलोड गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !