१२ बैशाख २०८१, बुधबार

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्नुपर्नेमा अध्यक्ष यादवको जोड


Upendra Yadav

८ जेठ, कैलाली । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।

संघीय प्रेस फोरम नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले नीति तथा कार्यक्रमका बारेमा कुरा गर्दै हिँड्ने तर कार्यान्वयन गर्न नसके जनताको विश्वास टुट्ने बताउनुभयो ।

अध्यक्ष यादवले सरकार संविधान संशोधन गरेर संघीयता, गणतन्त्र र समावेशीतालाई बलियो बनाउने गरी अगाडि बढेमा र संघीय समाजवादी फोरमले उठाएका माग सम्बोधन भए यो सरकारमा गएर पनि सहयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा संघीय कार्यप्रणाली अवलम्बन गरिए पनि कार्यकारिणी प्रदेश सरकारलाई अत्यन्त कमजोर बनाइएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “प्रदेशभित्र रहेको प्रशासनिक संरचनाहरु, सुरक्षा निकायलगायतका प्रादेशिक संरचना प्रदेश सरकारका क्षेत्राधिकारभित्र अझ पनि आइसकेका छैनन् ।” (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !