१२ बैशाख २०८१, बुधबार

एक महिनाभित्र कर्मचारी व्यवस्थापन हुन्छ : मन्त्री पण्डित


Lalbabu Pandit

८ जेठ, चितवन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताउनुभएको छ ।

मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुग्नुभएका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताउनुभयो ।

केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताउनुभयो । अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उहाँले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताउनुभयो । केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उहाँले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !