८ बैशाख २०८१, शनिबार

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना


Madav Ghimire

७ जेठ, काठमाडौँ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना हुनुभएको छ ।
मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उहाँको उपचार उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !