७ बैशाख २०८१, शुक्रबार

एकैदिन ६ अर्ब ३० करोड रुपैयाँको शेयर सूचीकृत


Just listed

९ वैशाख, काठमाण्डौ ।  नेपाल स्टक एक्सचेञ्जमा विहीबार तीन बाणिज्य बैंक सहित एक दर्जन कम्पनीहरुको ६ अर्ब ३६ करोड तीन लाख १३ हजार दुई सय रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । कम्पनीहरूको बोनस र हकप्रद गरेर ६ करोड ३६ लाख तीन हजार १३२ कित्ता सेयर सूचीकृत भएको हो ।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, गण्डकी विकास बैंक, सिन्धु विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स, विजय लघुवित्त, नयाँ नेपाल लघुवित्तको सेयर सूचीकरण भएको हो ।

Bonus Listed

त्यसैगरि गरिमा विकास बैंकले बिहीबारै ३ लाख १५ हजार ८८४ दशमलव ८६ कित्ता सेयर साधारण सेयरमा रुपान्तरण गरेको छ । बैंकले ७० प्रतिशत संस्थापक सेयरमध्ये १९ प्रतिशत सेयर सधारणमा रुपान्तरण गरेको हो । यसपछि बैंकमा संस्थापक साधारण सेयर अनुपात ५१४९ कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !