८ बैशाख २०८१, शनिबार

एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल


Ramesh Lekhek

९ वैशाख, काठमाण्डौ । नेकपा एमालेका स्थायी कमिटि सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

क्लबका कोषाध्यक्ष पबन भट्टराईको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पारे । उनले भने,‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।

राष्ट्रिय सुरक्षा बलियो र दरो बनाउनको लागि, अक्षुण र अविछिन्न राख्नको लागि कार्यकारी प्रधानमन्त्रीले आफू मातहतमा अनुशन्धान विभाग राख्नु नौलो कुरो होईन्।’

आज  बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो । यद्धपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधीमात्रै भएको टिप्पणी गरे । ‘विगतमा कसैले पनि गर्न नसकेको काम प्रधानमन्त्री हुँदा केपी ओलीले गरेर देखाउनुभयो, मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो र अहिलेपनि उहाँ दृढ नै हुनुहुन्छ, देशको स्वाभिमान उँचो बनाउनुभयो’ उनले भने,‘उहाँको कामको विरोध गर्नेहरुभन्दा प्रशंसा गर्ने धेरै छन्।’

भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो । उनले भने,‘विगतमा नेपाल–भारतबीच कर्मचारी स्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ।’ पूर्वप्रधानमन्त्री कृतिनिधि विष्टले चीनसँग केपी ओलीले पारवहन सन्धि गरेकोमा खुशी व्यक्त गरेको पनि उनले जानकारी दिए ।

ओलीले एक दिनको लागि कसैलाई खुशी पार्ने कुरा नगर्नेपनि उनले जनाए । उनले भने,‘अब त्यही कुरा कतिपयलाई मन पर्दैन्।’ नेपालको राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर प्रधानमन्त्रीले राष्ट्रिय अनुशन्धान विभागलाई आफू केन्द्रित गरेको बडालले स्पष्ट पारे । बडालले भने,‘राष्ट्रिय सुरक्षा बलियो र दरो बनाउनको लागि, अक्षुण र अविछिन्न राख्नको लागि कार्यकारी प्रधानमन्त्रीले आफू मातहतमा अनुशन्धान विभाग राख्नु नौलो कुरो होईन्।’

प्रधानमन्त्रीले त ऐन मिचेर राष्ट्रिय अनुशन्धान विभागलाई आफू मातहात ल्याउनुभयो नि भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘यदि ऐन विपरित भएको छ भने, ऐन मिचिएको छ भने त्यसको विरोध त म पनि गर्छु, तर यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच कुनै विवाद छैन, गृहमन्त्री रिसाउनुपर्ने  पनि कुनै कारण छैन्।’ त्यस्तै उनले यो विषयले पार्टी एकतामा कुनै असर नगर्ने स्पष्ट पारे।

एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ५०÷५० को कुरा गर्नुभएको छ नि ? तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको अर्को प्रश्नमा नेता बडालले भने,‘पार्टी एकता र मोर्चा एउटै कुरा होईन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ।’

उनले महाधिवेशन अघि नै यो व्यक्ति अध्यक्ष भनेर ग्यारेण्टी गर्न नहुने धारण राखे । उनले भने,‘महाधिवेशनपछि लोकतान्त्रिक प्रक्रिया अनुसार जो पनि अध्यक्ष बन्न सक्छन्, प्रचण्ड योग्य र सक्षम हुनुहुन्छ, अहिले नै यो व्यक्तिलाई अध्यक्ष भनेर भन्नुहुँदैन।’ ओली र प्रचण्ड दुवै नेताले ‘¥यांक एण्ड फाईल’ सबै कार्यकर्ता मेरा हुन भनेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनल एमाले र माओवादी केन्द्रबीच एकता ढिलाई हुँदा चिन्ता र खुशी मनाउने दुवै थरि मानिसहरु रहेको जनाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको बारेमा टिकाटिप्पणी गर्नु हतारो हुने भएपनि सरकारले हतार गरेर अघि बढेको आरोप लगाए । लेखकले भने,‘वर्तमान सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ पूर्व तयारी गरिरहेको छ।’

उनले अघि थपे,‘सरकार अहिले जुन हतार गरेर अघि बढेको छ, यो राम्रो भएन्, सरकारले हतार गरेर राष्ट्रपतिलाई ठीक÷बेठीक प्रक्रियामा सलंग्न गराएको थियो, अब अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रकै कुरा गर्नुहुन्छ भने उहाँले राज्यको ढुकुटी रित्तियो भन्नुभयो, तर अहिलेपनि पुँजीगत खर्च डेढ खर्ब छ, यो तीन महिनाभित्र प्रति दिन १३ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भनेर कान्तिपुर पत्रिकाले तथ्यसहित समाचार प्रकाशन गरेको छ, कान्तिपुरको समाचार सत्य हो कि अर्थमन्त्रीको स्वतेपत्र ?, हो, यही हो सरकारको हतारोा।’

नेपाली कांग्रेस विगत ७ दशकको ईतिहाँसमा सबैभन्दा बढि प्रतिपक्षमै बसेर आफ्नो भूमिका निर्वाह गरेको स्मरण गर्दै लेखकले भने,‘हामी सशक्त, रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्छौ, यसमा कुनै दुईमत छैन।’ उनले प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमै भएकोले सोही अनुसार आफ्नो भुमिका निर्वाह गर्ने विश्वास दिलाए ।

कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भोलिदेखि सूचारु हुने बताउँदै लेखकले भने,‘विविध वषयमा छलफल भैरहेको छ, निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको कारणबारे सुक्ष्म ढंगले विश्लेषण हुन्छ।’ पार्टीले गरेका सकारात्मक र कमीमजोरीहरुबारेपनि भोलिको बैठकमा छलफल हुने नेता लेखकले बताए ।

वर्तमान सरकारका नीतिहरु हेरेर ठिक छ भने सहयोग गर्ने र गलत छ भने विरोध गर्ने आफूहरुको तयारी रहेको लेखकले जनाए ।
केन्द्रिय कार्यसमिति बैठकपछि कांग्रेस एक ढिक्का हुने उनको विश्वास थियो । उनले भने,‘पार्टीभित्र केही मतभिन्नताहरु हुनु स्वभाविक हो, ती सबै भावनाहरुलाई सम्बोधन गरेर अघि बढ्छौं।’ मुलुक संघीय संरचनामा गएकोले पार्टीको संगठनात्मक ढाँचामा अघि बढाउने उनले जनाए ।

विधान संशोधन, पदाधिकारी मनोनित र महासमिति बैठकको सुनिश्चिततापनि यो बैठकले गर्ने उनको भनाई थियो । उनले भने,‘यो सँगसँगै रित्त रहेको केन्द्रिय सदस्यपनि पुर्ती गर्ने र विभागहरु गठन हुन्छन्।’ लेखकले अहिले महाधिवेशन कहिले गर्ने भन्ने कुरा बैठकको मुल मुद्दा नभएको जिकिर गरे ।

उनले भने,‘अहिलेको मुख्य एजेण्डा भनेको त चुनावमा पार्टीले व्यहारेको पराजयको समिक्षा गर्ने हो, कांग्रेसलाई पूरानै अवस्थामा फर्काउनेगरि हामी अघि बढेका छौं अहिले शिघ्र महाधिवेशन हुन सक्दैन्।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !