७ बैशाख २०८१, शुक्रबार

अर्ब बढीको कारोबार हुँदै साताको अन्तिम कारोबार बन्द, बीमा र बैंकिङ्गमा आकर्षण


Bullish trend share-market

६ वैशाख, काठमाण्डौ । बिहीबार कारोबार सुरु भएको एक घण्टासम्म अलमलमा रहेका लगानीकर्ता स्थायी रुपमै बजारले वृद्धिको संकेत देखिएपछि कारोबार खरिद बढाए र परिसूचक अन्त्यसम्ममा २५.३० अंकले बढेर १३८८.३१ अंकमा बन्द भएको  छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि १ अर्ब ११ करोड ५५ लाख बढीको कारोबार भएको छ । यो दिन जलविद्युत समूहमा करिब ३ प्रतिशत  र बैकिंग समूहमा २ प्रतिशत भन्दा बढीको उछाल देखिएको छ ।

दिनहुँजसो नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकमले पनि दरिलो साथ दिएका कारण बजार  तत्काल घट्ने अवस्था देखिँदैन । बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढ्दै जानुलाई जानकारहरुले बजारको सुखद सुरुवात मान्ने गरेका छन्  ।

साताको अन्तिम कारोबार दिन बिहीबार बैकिंग समूह  २४.५१ अंकले बढ्यो । जलविद्युत समूहमा ४४.८७ अंकको वृद्धि देखियो भने विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहमा क्रमशः १६.५७ अंक, १४.२६  र ५१.२३ अंकको बढोत्तरी भयो । होटल समूह  २१.३२, बित्त समूह ३.१३, उत्पादनमूलक  ७.९८ र अन्य समूह २९.६६ अंकले बढे । यो दिन व्यापार समूह भने २.२ अंकले घट्यो ।

‘क’ वर्गका कम्पनीहरुमा खरिदारी चाप परेका कारण सेन्सेटिभ इण्डेक्स ५.१८ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.६७ अंकको बढोत्तरी भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६८ कम्पनीका २६ लाख ६३ हजार ५ सय ८२ कित्ता सेयर  १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ५५ हजार ३ सय ६१ रुपैयाँमा किनबेच भयो ।

यो दिन सबैभन्दा बढी चिलिमे हाइडोपावर कम्पनी लिमीटेडले ४ करोड २१ लख बढीको कारोबार गर्यो । यस्तै, यो दिन नेपाल बैंक लिमीटेडले ३ करोड ९८ लाख, सानिमा माई हाइडोले ३ करोड ५३ लाख, सानिमा बैंकले ३ करोड ५ लाख, कुमारी बैंकले ३ करोड बढीको कारोबार  गरे ।

यो दिन राष्टिय बिमा कम्पनीको २ करोड ८८ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने राष्टिय बिमा कम्पनीको २ करोड ७७ लाखको साधारण सेयर समेत कारोबार भयो । फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडको २ करोड ७५ लाख बढीको सेयर कारोबार भयो भने नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ५२ लाख र ग्लोबल आइएमई बैंकले २ करोड २४ लाख बढीको कारोबार गर्यो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । खानिखोला हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त विकास  बैंक, राष्टिय बिमा कम्पनीको संस्थापक सेयर तथा साधारण सेयरको मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि  भयो ।

यो दिन सहयोगी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७.२० प्रतिशतले घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !