७ बैशाख २०८१, शुक्रबार

लहान बम बिस्फोटमा ८ जना घाइते


९ चैत, लहान । सिरहाको लहानमा भएको बम बिस्फोटमा ८ जना घाइते भएका छन् । सिरहा नगरपालिका ६ दुर्गा मन्दीर छेउमा अज्ञात समूहले गराएको बम बिस्फोटमा एक बालकसहित ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

लहान बजारको मूख्य भागमा प्रेसर कुकर बम बिस्फोट हुदाँ नजिकै रहेको पसल विकास ट्रेडर्सका साहू विकास सारडा, उनका भाई रोशन सारडा, पसलमै काम गर्ने अस्मिता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बजारमा किनमेलका लागि आएका नवराजपुर ३ की २२ वर्षीय देवकुमारी यादव, उनकै छोरा ७ वर्षीया सतिश कुमार यादव, सप्तरी सुरुङ्गा नगरपालीकाका मनीका कुमारी राम, लहान २१ की बविता कुमारी यादव र विनिता कुमारी यादव रहेका प्रहरीले जनाएको छ ।

बिस्फाेट गराउने समूहकाे खाेजी भैरहेकाे प्रहरीले जनाएकाे छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !