७ बैशाख २०८१, शुक्रबार

सनराइज बैंक र खल्तीबीच सम्झौता


सनराइज बैंक र खल्तीबीच सम्झौता

काठमाण्डौ सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’बीच मोबाईल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदिले बिहिबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ्ग सुबिधा प्रयोग गरी “खल्ती”मा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

२०१७ बाट नेपाली बजारमा आरम्भ भएको “खल्ती”, एक उदीयमान पेमेन्ट गेटवे हो । “खल्ती” एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ्ग तथा अन्य थुप्रै सेवाहरुको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । हाल “खल्ती” प्रयोगकर्ताहरुको संख्या ७,००,००० भन्दा बढी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !