७ बैशाख २०८१, शुक्रबार

चुनावी समिक्षा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज


Nepali-congress-Centre-office-Sanepa

९ चैत, काठमाण्डाै ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार सुरु हुँदैछ ।

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि सुरु हुने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीले ब्यहोर्नुपरेको पराजयबारे औपचारिक रुपमा छलफल सुरु हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

चुनावपछि केन्द्रीय कार्यसमितिको बैठक यसअघि चार पटक बसे पनि चुनावी समिक्षा र पार्टीको अवको रणनीतिबारे आधिकारिक रुपमा छलफल नभएको र शुक्रबारदेखि छलफल सुरु हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !