१२ बैशाख २०८१, बुधबार

प्रदेश ३ : मुख्य न्यायाधीवक्ता न्यौपानेले लिए सपथ


Surya Chandra Neupane

८ चैत, हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले बिहीबार सपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौंडामा एक समारोहका बीच न्यौपानेले न्यायाधिवक्ताको रुपमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानावाट सपथ लिएका हुन् ।

कार्यक्रममा प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीहरु कैलाश ढुंगेल, अरुण नेपाल, युवराज दुलाल, प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डे, प्रदेश सांसदहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायत सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !