७ बैशाख २०८१, शुक्रबार

रुस्लान डीपीएल–२ को खेल तालिका सार्वजनिक


७ चैत, धनगढी । आउँदो चैत १७ गतेदेखि आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल–२ को खेल तालिका सार्वजनिक भएको छ ।

विश्वकप छनोट खेलेर राष्ट्रिय टोलीका सदस्यहरु फर्किएसँगै सहभागी टोलीहरुले प्रतियोगिताका लागि विशेष तयारी थालिसकेको जानकारी गराएका छन् । आइसीसीले प्रतियोगितालाई मान्यता दिएसँगै विदेशी खेलाडीहरु भित्र्याउने विषयमा पनि टिमहरु अन्तिम चरणमा रहेका छन् ।

धनगढी क्रिकेटको आयोजनामा हुन लागेको यस प्रतियोगितामा स्वेदेशी तथा विदेशी खेलाडी अनुबन्धित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !