१३ बैशाख २०८१, बिहिबार

एमालेमा झलनाथ प्यानलवाट बने ३ जना मन्त्रीहरु


Gokarna Sher Bd Padma Gokarna Sher Bd Padma

२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । माओवादी र नेकपा एमालेका तर्फबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप्नु भएको छ । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री, ३ राज्यमन्त्री थपिएका छन् भने माओवादीका ५ मन्त्री र १ राज्यमन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल प्यानलवाट ३ जना मन्त्रीहरु थपिएका छन् । यस अनुसार गोकर्ण विष्ट (श्रम तथा रोजगार), शेरबहादुर तामाङ (कानुन, न्याय तथा संसदीय व्यवस्था) तथा पद्मा अर्याल (स्वास्थ्य तथा जनसंख्या) नियुक्त हुनु भएको छ ।

झलनाथ खनालको छोटो सरकारमा ऊर्जामन्त्री भएका विष्टले लोडसेडिङ हटाउने प्रयास सुरु गरेका थिए । सफल ऊर्जामन्त्रीको छवि बनाएका विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा दिइएको छ।

कांग्रेस समेतको गठबन्धनका उम्मेदवार पशुपतिशमसेर जबरालाई हराउँदै सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शेरबहादुर तामाङले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई स्याङ्जा–२ बाट हराएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

पार्टीमा प्रभावशाली संगठक र कुशल वक्ताको व्यक्तित्व बनाएका सचिव भट्टराईलाई गत मंसिरमा चुनावी प्रचारका क्रममा प्रधानमन्त्री ओली चुनाव जिते मन्त्री बनाउने वचन दिएका थिए । ताप्लेजुङको चुनावी अभियानमै उनले जनताले जिताएर पठाए, आफूले योगेशलाई मन्त्री बनाउने बताएका थिए । तर निर्वाचनको बेला प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाउने गरेको प्रतिबद्धता पुरा गर्न नसकेकोमा पार्टीमा यूवाहरुको असन्तुष्टि रहेको छ ।

शालिन र भद्र स्वभावका धनी खनालको नेकपा एमाले प्यानलमा बौद्धिक नेताहरुको बर्चस्व रहेको छ । यसवाट के देखिन्छ भने खनालले नेकपा एमालेमा सक्रिय राजनीति गर्ने इच्छा देखाएसंगै पार्टीमा उनको बर्चस्व र लोकप्रियता दिन-प्रतिदिन बढीरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !