१३ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीश पराजुलीलाई पदमुक्त गराइ छाड्ने डा. केसीको संकल्प


डा. गोविन्द केसी

८ फागुन, काठमाण्डौ ।डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोविन्द पराजुलीलाई पदमुक्त गराइ छाड्ने आफ्नो संकल्प रहेको बताएका छन् । सर्वोच्चमा विचाराधीन अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै डा. केसीले पराजुलीबारे आफ्नो पूर्व अडान दोहोर्याेएका छन् ।

नौंबुँदे जवाफमा उनले भनेका छन्, ‘मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो, न्यायालयविरुद्ध होइन । ’पराजुलीले आफूलाई पक्राउ गर्न षड्यन्त्र गरेको तथा आफ्ना वकिललाई मार्ने धम्की दिएको डा. केसीको जवाफमा उल्लेख छ ।

साथै नागरिकता, शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित विचाराधीन मुद्दामा प्रभाव पार्न अनुचित काम गरेको भन्दै पराजुली प्रधानन्यायाधीश पदका लागि उपयुक्त नभएको उनले बताएका छन् । ‘निजलाई पदमुक्त गराइ छाड्ने मेरो संकल्प छ’ उनले भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !