६ बैशाख २०८१, बिहिबार

वडा कार्यालयद्वारा वृद्धवृद्धालाई बाँड्यो कम्बल


baitadi

६ माघ, बैतडी । अत्यधिक रुपमा चिसो बढेपछि बैतडीको पुर्चौडी नगरपालिका-२ महादेवस्थनका ३० जना वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको छ । वृद्धाहरुलाई सम्मानका लागि छुट्याइएको बजेटवाट वडा कर्यालयले ३० जना वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो ।

२५ सय रुपैयाँ पर्ने गुणस्तरीय न्यानो कम्बल ३० जना वृद्धवृद्धालाई बाँडिएको वडा सचिव पृथ्वीराज पन्तले बताए । ‘धेरै चिसो बढेपछि राम्रो गुणस्तरको कम्बल वडा गरिब विपन्नलाई प्राथामिकता दिएर ३० जना वृद्धवृद्धालाई दिएका छौं,’ उनले भने । वडा अध्यक्ष चक्रबहादुर बम र नगरपालिकाका उपप्रमुख जानकी ऐरबमको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमवीच वृद्धवृद्धालाई न्यानो कम्बल बाँडिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !