७ बैशाख २०८१, शुक्रबार

कारागारवाट ‘टिके डाँका’ फरार


dilli bajar jail

५ माघ, काठमाण्डौ । डिल्ली बजार कारागारवाट एक जना कैदी गए राति भागेका छन् । चोरी मुद्दामा डिल्ली बजार कारागारमा सजाय भोगिरहेका टिके डाँका भनेर चिनिने टिकाबहादुर थापा मागर कारागारवाट भागेका हुन् ।

उनी कारागारको काँडेतार काटेर भागेको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख जयबहादुर चन्दले बताए ।
प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !