१३ बैशाख २०८१, बिहिबार

साढे ७ लाख पर्यटक नेपाल आए १० महिनामा


पर्यटक

मंसिर ४, २०७४। पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको  संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको समाचार कान्तिपुरमा छ । यो गत वर्षको यसै  अवधिको तुलनामा एक तिहाइले बढी हो ।

अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या  सात लाख नाघेको हो । सन् २०१६ को पूरै १२ महिनाको दाजोमा चालु वर्षमा ४ हजार ४ सय बढी पर्यटक  आएका हुन ।

पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक पुग्ने प्रक्षेपण गरेको छ । ‘यस वर्षको तथ्यांक अघिल्लो वर्षसँग विश्लेषण गर्दा ३० देखि ३५ प्रतिशतले विदेशी पर्यटक बढेको देखिन्छ। यही अनुपातले पर्यटक आगमन रह्यो भने अबको दुई महिनामा नेपाल आउने पर्यटक सहितको कुल संख्या सन् २०१७ मा १० लाख पुग्ने छ ।

पर्यटक बोक्ने अधिकाशं विदेशी एयरलाइन्समा यो नोभेम्बर महिनाभर टिकट ‘सोल्ड आउट’ भइसकेका छन् । अहिले नेपालमा पर्यटकको संख्या बढ्नुमा पहिलो कारण भूकम्पलाई मान्छन् बोर्डका प्रमुख कार्यकारी  अधिकृत  दिपकराज जोशी । ‘भूकम्पले नेपाललाई विश्वभर चिनायो,’ उनले भने । यसबाहेक पछिल्लो पटक सोसल मिडियाका कारण पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको बोर्डले जनाएको  छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !