१३ बैशाख २०८१, बिहिबार

प्रकाश दाहालको ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने


प्रकाश दाहाल प्रकाश दाहाल

मंसिर ३, २०७४ । दिवंगत प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि साढे १ बजेदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । उनका अनुसार आजै अपरान्ह ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

प्रकाशको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । अस्पिटलका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुली सकेको थियो ।

चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए । रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् । उनको शव अहिले नर्भिक अस्पतालमै छ । अन्य आाफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौँमा आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !