८ बैशाख २०८१, शनिबार

प्रहरीको गाडीबाट हामफाल्दा अभियुक्तको मृत्यु


death

कात्तिक २७, भैरहवा । रुपन्देही जिल्ला अदालतबाट थुनामा राखि अनुसन्धान गर्ने म्याद थप गरी इलाका प्रहरी कार्यालय लुम्बिनी फर्कने क्रममा प्रहरीको गाडीबाट हामफाल्दा एकजना अभियुक्तको मृत्यु भएको छ ।

चोरी मुद्दा अनुसन्धान सिलसिलामा कात्तिक २५ गते पक्राउ गरेका भारतको नौतनवा बस्ने २५ बर्षीय विजयकुमार खटिक जिल्ला अदालतबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय लुम्बिनी लैजाने क्रममा भ्यानबाट हाम फाल्दा घाईते भएका थिए । उनी आईतबार दिउसो ५ बजेतिर अदालतबाट म्याद थपेर लुम्बिनी लैजाने क्रममा बाटोमा गाडीबाट हाम फालेका थिए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीको ना १ ग ६१३ नं.को वानटनमा फर्किने क्रममा लुम्बिनी रोडस्थित एसओएस बालग्राम नजिक पुग्दा गुडीरहेको गाडीको दायाँ साईडबाट हामफाल्दा सोही दिशाको पछाडिको चक्कामा ठक्कर लागेर घाइते भएका उनको उपचारका क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक खटिकका आफन्तलाई घटनाबारे जानकारी गराएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !