६ बैशाख २०८१, बिहिबार

फेसबुकका कारण बंगलादेशमा धार्मिक दंगा, एक जनाको मृत्यु


bangaladesh-facebook

कात्तिक २७, बंगलादेश । सामाजिक सन्जाल फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको विषयमा बंगलादेशको एक गाउँमा धार्मिक दंगा भड्किदा एकजना मारिएका छन् ।ठाकुरपारा गाउँका एकजना हिन्दु युवकमाथि इश्लाम धर्मको अपमान गरिएको फेसबुक सन्देश राखेको अभियोग लागेपछि शुक्रबारबाट हिंसा सुरु भएको थियो ।

हिंसा सुरु भएलगत्तै हजारौं मुसलमानहरुले अल्पसंख्यक हिन्दुहरुको मन्दिर र घरहरुमा लुटपाट मच्चाएका थिए । मुश्लिम समुदायको भीडले मन्दिरहरुमा तोडफोड गर्नुका साथै घरहरुमा आगो लगाइदिएका छन् । ‘बीबीसी’का अनुसार हिंसा नियन्त्रण गर्न खटिएका प्रहरीले गोली चलाउँदा भिडका एक जना मानिस मारिएका छन् ।

फेसबुकमा इश्लाम धर्मको अपमान गरिएको सन्देश राखेको आरोप लागेका ती युवकको परिवारले आरोप अस्वीकार गरेका छन् । हिन्दु समुदायका अगुवाहरुले कम्प्युटर चलाउनै नजान्ने युवकलाई धर्मको अपमान गरेको नक्कली फेसबुक सन्देशको बहानामा आफूहरुमाथि सुनियोजित रुपमा आक्रमण गरिएको बताएका छन् ।

तर, प्रहरीले उक्त फेसबुक सन्देश लेखिएको अकाउन्ट खोल्न प्रयोग गरिएको फोटो र मोबाइल नम्बर हिन्दु युवक तिटु चन्द्राको भएको बताएको छ । उक्त घटनापछि ठाकुरपारा गाउँका मानिसहरु अहिले पनि घर फर्किन डराइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !