८ बैशाख २०८१, शनिबार

आयल निगमले किनेको जग्गा प्रयोगविहीन, जग्गा बेचिसकेका किसानहरुले नै भोगचलन गर्दै


useless-land

कात्तिक २६, सर्लाही । नेपाल आयल निगमले सर्लाहीको नेत्रगञ्जमा इन्धन भण्डारण गर्न किनेको जग्गा प्रयोगविहीन भएको छ । निगमले जग्गा किन्दा व्यापक घोटाला भएको सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । प्रदेश नं. २ का लागि इन्धनको डिपो राख्न निगमले किनेको जग्गामा अहिले किसानले नै बालीनाली लगाएका छन् ।

निगमले आफ्नोतर्फबाट तारबार गर्नेबाहेक संरचना निर्माणको केही काम गरेको छैन । किसानहरुले आफैंले बेचेको जग्गामा उखु, तोरी, मकै र विभिन्न किसिमका तरकारी खेती गरेका छन् ।

नेत्रगञ्जको उष्ण प्रदेशीय बागवानी केन्द्रभन्दा करीब एक किलोमिटर उत्तरमा नियमले चलनचल्तीको भन्दा चार गुणा बढी मोल तिरेर १५ विघा १४ कठ्ठा १२ धुर जग्गा किनेको थियो । जग्गा खरिद गर्दा झण्डै साढे २० करोड घोटाला भएको देखिए पनि नियामक निकायले घोटालामा संलग्न व्यक्तिहरुलाई अझै सार्वजनिक गर्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !