७ बैशाख २०८१, शुक्रबार

चेल्सीले हात पर्यो एफए कपको उपाधि


फुटबल

एजेन्सी, ६ जेठ ।  एफए कपको उपाधि चेल्सीले जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले एफए कप जितेको हो ।

इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।

बेलायतको राष्ट्रिय रंगशाला विम्ब्लीमा भएको खेलको २२ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । पेनाल्टीलाई इडेन हाजार्डले गोलमा परिणत गर्दै चेल्सीलई अग्रता दिलाए ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि म्यान्चेष्टर युनाइटेडले गोल भने फर्काउन सकेन । एलेक्सिस सान्चेजको गोलको मौका अफ साइड भएका कारण विफल भयो ।

यस्तै पाउल पोग्बाको दुई वटा उत्कृष्ट प्रहारलाई चेल्सीका गोल रक्षक थियाबट कट्वाले बचाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !