४ बैशाख २०८१, मंगलबार

भिल्लारियलले रियल मड्रिडलाई बराबरीमा रोक्यो


football

एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्लारियलले रियल मड्रिडलाई २ – २ गोलको बराबरीमा रोकेको छ ।

ला लिगा सिजनको अन्तिम खेलबाट एक अंक जोड्दै रियल मड्रिडले ७६ अंकका साथ तेस्रो स्थान हासिल गरेको छ । भिल्लारियलले भने पाँचौं स्थान हात पारेको छ ।

भिल्लारियलको मैदानमा भएको खेलमा घरेलु टिम दुई गोलले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो । ११ औँ मिनेटमा ग्यारेथ बेल र ३२ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भिल्लारियलले दुई गोल फर्कायो । ७० औं मिनेटमा रोजर मार्टिनेज र ८५औं मिनेटमा सामु कास्टेलोले गोल गरेपछि रियल अंक बाँँड्न बाध्य भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !