१३ बैशाख २०८१, बिहिबार

काबुलमा आत्मघाती बम विस्फोट, कम्तीमा ३१ जनाको मृत्यु


Kabul bisfot

एजेन्सी, ९ वैशाख । अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

नामावली दर्ता केन्द्रको ढोकामा मानिसहरुको भिड लागेकै बेला भएको विस्फोटमा परि ५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । चरमपन्थी समूह इस्लामिक स्टेटले घटनाकाे जिम्मेवारी लिएको छ ।

यसै महिना हुने संसदीय निर्वाचनका लागि गएको अक्टोबरबाट अफगानिस्तानमा मतदाता नामावली दर्ता कार्यक्रम भैरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !