१२ बैशाख २०८१, बुधबार

आईपीएल क्रिकेट : दिल्ली डेरडेविल्सलाई ६ विकेटले हराउदै बेंग्लोर विजयी


IPL

एजेन्सी, ९ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली डेरडेविल्सलाई ६ विकेटले हराएको छ । अरु ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न नसके पनि एबी डी भिलियर्स एक्लैले ९० रन बनाएपछि बैंगलोरले १ सय ७५ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

डी भिलियर्सले मात्र ३९ बलमा ९० रन बनाउन १० चौका र ५ छक्का प्रहार गरेका थिए । कप्तान विराट कोहलीले ३० रनको योगदान गरे । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । २३ रन बनाउँदा २ विकेट गुमाएको दिल्लीको पारी ऋषव पन्त र श्रेयश ऐयरले सम्हालेका थिए । पन्तले ४८ बलमा ८५ र ऐयरले ५२ रन बनाए । ऋषवले ४८ बलमा ६ चौका र ७ छक्काको मद्दतमा ८५ रन बनाएका थिए ।

जितसँगै बैंग्लोर ५ खेलबाट ४ अंक बनाउँदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । ५ खेलमा मात्र एक जितेको दिल्ली भने तालिकाको पुछारमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !