११ बैशाख २०८१, मंगलबार

अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी


अमेरिकी

एजेन्सी, ८ चैत । अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको छ ।

अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ति चोरी गर्नेलाई प्रोत्साहन दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको हो ।

सो मुद्दामा लामो समयदेखि छलफल भए पनि असफल भएकाले नाकाबन्दी लगाउने तयारी गरिएको ट्रम्प प्रशासनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ट्रम्प प्रशासनले सम्भवत बिहीबार नै यसबारे घोषणा गर्नेछ ।

ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी गरे विश्वव्यापी रूपमै व्यापार युद्ध हुनसक्ने आशंका गरिएको छ ।

अमेरिकाको नयाँ घोषणामा करमा उच्च वृद्धि, लगानीमा प्रतिबन्ध, स्थानीय कम्पनीहरुसँग साझेदारीमा रोक लगाउनेलगायत रहेको अधिकारीले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !