८ बैशाख २०८१, शनिबार

फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भयो : जुकरबर्ग


mark jukar

एजेन्सी, ८ चैत । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ ।

संस्थापक मार्क जुकरबर्गले अाफ्नो गल्तीका कारण फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भएको बताएका हुन् । क्याम्ब्रिज एनालिटीका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले कम्पनीको गल्ती भएको बताएका छन् ।

उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसक्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकवीच सम्झौताका क्रममा विश्वासघात भएको बताए ।

जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए । फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको सार्वजनिक भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !