७ बैशाख २०८१, शुक्रबार

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी पक्राउ, गद्दाफीसँग सहयोग लिएको आरोप


एजेन्सी, ७ चैत । फ्रान्सका भूतपूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई चुनावी खर्चको अनुसन्धानको लागि भन्दै प्रहरीले पक्राउ गरेको छ ।

चुनावी खर्चको पादशर्दिताबारे मुद्दा खेपिरहेका सार्कोजीलाई प्रहरीले पक्राउ गरेको फ्रान्सेली महान्यायाधीवक्ता कार्यालयका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सार्कोजीमाथि सन् २००७ को राष्ट्रपतीय चुनावका दौरान तत्कालीन लिबियाली शासक कर्णेल मुअम्मर गद्दाफीसँग आर्थिक सहयोग लिएको आरोप लागेको छ । यस विषयमा अनुसन्धान गरिरहेका फ्रान्सेली प्रहरी अधिकारीहरूले आज सार्कोजीसँग चुनावी खर्चको पारदर्शिताबारे बयान लिएको एएफपीले जनाएको छ ।

सन् २०१२ मा सत्ताबाट बाहिरिएका ६३ वर्षीय सार्कोजीले चुनाव जित्न अनुचित तवरले गद्दाफीबाट आर्थिक सहयोग लिएको खुलासा भएपछि यसले फ्रान्सको राजनीति तरङ्गित बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !