७ बैशाख २०८१, शुक्रबार

विमान दुर्घटना : ४५ शव हस्तान्तरण, केहि मृतकको पहिचान बाँकी


TIA Accident6

६ चैत, काठमाण्डौ । गत हप्ता भएको यूएस-बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये ४६ जनाको पहिचान भएको र तीमध्ये प्राय: सबैको शव हस्तान्तरण भइसकेको अधिकारीहरूले बताएका छन् ।

तेइस जना बांग्लादेशी यात्रुको शव आज ढाका पठाइएको तथा २१ जना नेपालीको शव आफन्तले बुझिसकेका छन् ।

यस्तै दुर्घटनामा परेर घाइते भएका २० जना मध्ये हाल नेपालका विभिन्न अस्पातालमा पाँच जनाले मात्रै उपचार गराइरहेको विमान कम्पनीले जनाएको छ ।

विमान दुर्घटना भएको झन्डै एक सातामा परिवारजनले मृतकहरूका शव पाएका हुन् । दुर्घटनालगत्तै आगो लागेकाले अधिकांश शव चिन्न नसक्ने अवस्थामा रहेको बताइएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फोरेन्सिक विभागका चिकित्सक हरिहर वस्तीका अनुसार शवपरीक्षण तथा अन्य विवरणहरूका आधारमा ४६ वटा शवको पहिचान भएको बिबिसीले बताएको छ ।

वस्तीले भने,”बांग्लादेश दूतावासमार्फत् २३ वटा शव परिवारले बुझेर लगिसके। एकजना नेपालीका आफन्त विदेशबाट आउने भएकाले उनको शव अस्पतालमै राखिएको छ। अरूको त दाहसंस्कार नै भइसक्यो ।”

उनका अनुसार दुर्घटनामा परेका अर्का चिनियाँ नागरिकको शव पनि हस्तान्तरण भइसक्यो ।

पहिचान हुन बाँकी रहेका तीन जना बांग्लादेशी नागरिकबारे थप विवरण तिनका परिवारसँग मागिएको छ ।

वस्तीका अनुसार विवरण आएपछि डीएनए परीक्षण गर्नु पर्ने वा नपर्नेबारे निर्णय लिइने छ ।

वस्तीले भने, “पहिचान हुन बाँकी रहेका परिवारका सदस्यले कुरा बुझेर गएका छन् । परिवारका अन्य सदस्यको सहयोगले थप सूचना र विवरण पठाए भने डीएनए परीक्षण नगरी उनीहरूको पनि अरूको जस्तै पहिचान हुन सक्छ। त्यो विवरणको पर्खाइमा छौँ ।

यो पनि पढ्नुहोस् :

यूएस बंगलाको विमान दुर्घटना : ५१ को मृत्यु, २० घाइते

बिमान दुर्घटनामा मृत्यु भएका बंगलदेशी नागरिकको शव आज बंगलादेश लैजादै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !