१३ बैशाख २०८१, बिहिबार

उडिरहेको विमानको शौचालयमा जोडी आपत्तिजनक अवस्थामा


airplane

एजेन्सी, ६ चैत । बेलायतको गेटविक विमानस्थलवाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानको शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएका एक जोडीलाई नियन्त्रणमा लिइएको छ ।

अाइतबार विमानमा नै चिनजान भएका जोडी केही समयमा नै शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएको अधिकारीहरुले जनाएका छन् ।

चिनजान भएको केहीबेरमा नै दुवै जना एउटै शौचालयमा प्रवेश गरेपछि शंका लागेर एक यात्रुले चालक दलका सदस्यलाई जानकारी दिएका थिए ।

चालक दलका सदस्यले शौचालयको ढोका ढक्ढक्याएपछि उनीहरु दुवैलाई आपत्तिजनक अवस्थामा फेला पारिएको बताइएको छ ।

भर्जिन एटलान्टिक विमानले ती महिलालाई आजीवन आफ्नो विमानमा उडान गर्न रोक लगाएको छ ।

चालक दलका सदस्यले ढोका खोल्न लगाएपछि शौचालयवाट बाहिर निस्कने क्रममा पुरुषले ती महिला बिरामी रहेको बताएका थिए । महिलाले अत्यधिक मदिरा सेवन गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !