८ बैशाख २०८१, शनिबार

यू–१९ क्रिकेट टिममा छनोट नभएपछि क्रिकेटरले गरे आत्महत्या


Cricketer

एजेन्सी, १० फागुन । पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले आत्महत्या गरेका छन् । यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि मोहम्मद जरयाबले आत्महत्या गरेका हुन् ।

उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्वीकार गरेपछि उनले आत्महत्या गरेको पाकिस्तानी समाचार संस्था जियो न्युजले जनाएको छ । जरयाबले जनवरीमा लाहोरमा भएको यू–१९ प्रतियोगितामा कराचीवाट प्रतिनिधित्व गरेका थिए । त्यहाँ उनलाई चोट लागेपछि घर पठाइएको थियो ।

उनले त्यतिबेला आफूलाई एक्लै घर पठाउने निर्णयको विरोध गरेका थिए । यसपछि उनलाई पुनः टिममा समावेश गर्ने आश्वासन दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !