१३ बैशाख २०८१, बिहिबार

३७ वर्षे एकछत्र शासनलाई पूर्णबिराम लगाउदै जिम्बाबेका राष्ट्रपति


६ मंसिर, एजेन्सी: आफ्नो ३७ वर्षे एकछत्र शासनलाई पूर्णबिराम लगाउदै जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले सेनाले ‘कु’ गरेसँगै दबाबमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसदमा महाभियोग प्रस्ताव टेबल हुनुअघि मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएको लिखित राजीनामा संसदका सभामुखले संयुक्त सदनमा पढेर सुनाएका थिए ।

९३ वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्वमा छन् । उनले जिम्बाबेको राजनीतिक, सामाजिक एवं सवै क्षेत्रमा विना कुनै चुनौती निरन्तर पकड जमाएका थिए l योसँगै राष्ट्रपति मुगावेको ३७ वर्ष लामो एकछत्र शासनमा पूर्णबिराम लागेको छ भने गत एक हप्तादेखि जिम्बाबेमा देखिएको राजनीतिक संकटले समाधानको बाटो समातेको छ ।

तर, कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा उनकी पत्नी र उपराष्ट्रपतिबीच विवाद देखिएपछि गत साता सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो । उनले आफ्नै पत्नीलाई सत्ता सुम्पिने योजनासहित उपराष्ट्रपतिलाई पदबाट बर्खास्त गरेका थिए ।
स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले उनीसँग वार्ता गरी राजीनामा दिन आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका थिए ।उनको राजीनामासँगै हरारेका सडकमा मुगावे युगको अन्त्य भएको भन्दै सर्वसाधारणले खुसीयाली व्यक्त गरेका छन् ।
राजनीतिक विश्लेषकहरुले अब सेनाको समर्थन प्राप्त पूर्व राष्ट्रपति मरर्सन मनङ्वा नयाँ राष्ट्रपति चयन हुने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !