६ बैशाख २०८१, बिहिबार

ट्रम्प ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’,‘किमलाई कहिल्यै पनि ‘पुड्के’ र ‘मोटे’ नभन्ने’


trump-and-twin-twitter

कात्तिक २६, काठमाडौँ । उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’को संज्ञा दिएका छन् । उत्तर कोरियाली विदेशमन्त्री रि–सु योंगले उत्तर कोरियाले परमाणु अस्त्र कार्यक्रमलाई नरोक्ने बताउँदै राष्ट्रपति ट्रम्पलाई ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’को संज्ञा दिएका हुन् ।
एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली विदेशमन्त्रीको उक्त भनाइप्रति आपत्ती जनाउँदै ट्वीटर आफूलाई किन बूढो भनेर अपमान गरिएको होला भन्दै जिज्ञासा राखेका छन् । उनले ट्वीट गर्दै आफूले किम जङ–अनलाई कहिल्यै पनि ‘पुड्के’ र ‘मोटे’ नभन्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘आफूले उत्तर कोरियाली नेताको साथी बन्न भरमग्दुर प्रयास गरेको र कुनै दिन त्यो सम्भव हुनसक्ला ’

trump-twitter
बीबीसीका अनुसरा यसअघि किम जङ–अनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेका थिए । केही महिनाअघि ट्रम्पले उत्तर कोरियालाई ‘सिध्याइदिने’ चेतावनीसमेत दिएका थिए । त्यसप्रति प्रतिक्रिया जनाउँदै किम जङ–अनले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुन्डा’ भनेका थिए ।
दुई नेताबीच वाक्युद्ध चलिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले ट्रम्प र किम जङ–अनबीचको वाक्युद्ध साना ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताएका थिए |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !