१३ बैशाख २०८१, बिहिबार

इजरायलका नेताहरुसँग भेटेर विवादित बनेकी बेलायती मन्त्रीद्वारा राजीनामा


belayat-minister

कात्तिक २३, काठमाडौँ । इजरायलका नेताहरुसँग अनधिकृत रुपमा भेटेपछि विवादित बनेकी बेलायतकी अन्तर्राष्ट्रिय विकास मन्त्री प्रिती पटेलले पदबाट राजीनामा दिएका छन् । अफ्रिकाको भ्रमण छोट्याएर फर्कनासाथ पटेलले टेन डाउनिङ स्ट्रिट गएर प्रधानमन्त्री टेरिजा मेलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
गत अगष्टमा इजरायलमा छुट्टी मनाउन गएका बेला मन्त्री पटेलले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुलगायत वरिष्ठ अधिकारीहरुलाई भेटेको सार्वजनिक भएको थियो ।
इजरायली अधिकारीहरुसँग भेटेको बारेमा उनले बेलायती विदेश मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाईसमेत जानकारी गराएका थिए ।
त्यसपछि मन्त्री पटेलको बेलायतमा चर्को आलोचना हुँदै आएको थियो । उनले आफ्नो व्यवहारबारे क्षमा मागेका थिए । ४५ वर्षीया पटेल भारतीय मूलकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !