४ बैशाख २०८१, मंगलबार

स्वीडेनका बामपन्थी नेताको ‘बलात्कार’


असोज १, स्वीडेन । स्वीडेनका बामपन्थी एक नेताले राजनीतिक झुकावका कारण आफूलाई चक्कु देखाएर बलात्कार गरेको घटनाको खुलासा गरेका छन् । फालुन शहरका मुख्य बामपन्थी नेता पैट्रिक लिल्जिगोल्डले बिहीबार आफ्नो ‘फेसबुक पेज मार्फत आफ्ना शुभेच्छुकहरुलाई जानकारी दिँदै परिषदको वैठकमा आफूलाई चक्कु देखाएर बलात्कार गरेको बताएका हुन् ।

उनले वैठकमा गत जुलाई महिनाको अन्त्यमा बेलुकीपख पैदलमार्फत आफ्नो घर जाँदै गर्दा बलात्कारको सिकार हुनुपरेको बताएका छन् । उनले भने, ‘म वामपन्थी विचारधारा नेता भएकै कारण मसँग उनीहरुले निकै दूव्र्यबहार गरे । मलाई गद्दारसमेत भने । अन्त्यमा चक्कु देखाउँदै बलात्कार गरे ।’ स्वीडेन प्रहरी प्रवक्ता स्टीफन डैन्गर्टलले घटना सार्वजनिक भएपछि अनुसन्धान सुरु गरेको र कोहि पनि पक्राउ नपरेको जनाएको छ । नेशनल फरेन्सिक सेन्टरले पनि यस घटनाको अध्ययन सुरु गरेको उल्लेख गरेको छ ।

लिल्जिगोल्डले यस घटना राजनीतिक झुकावका कारण आफूमाथी हमला भएकोले आफ्ना गोप्य विषयहरु सार्वजनिक गर्नुपरेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आज म यहाँ उभिएको छु किनभने लोकतन्त्र हाम्रो समाजको अभिन्न अंग हो, मलाई लाग्छ यस घटनावारे सबैलाई बताउनु जरुरी छ ।’ उनले जस्तोसुकै आक्रमणको सिकार भएपनि लोकतन्त्रको एजेन्डा नछोड्ने र दृढताका साथ लड्ने बताए । प्रहरी प्रवक्ता डैन्गर्टले ‘टीटी समाचार संस्था ‘लाई बताएअनुसार घटनास्थलको आवश्यक जाँच गरेर नेशनल फरेन्सिक सेन्टरका विशेषज्ञहरुलाई अध्ययनको लागि पठाइएको छ । डैन्गर्टले यस घटनाको कारण राजनीतिक निष्ठा हो भने यो एकदमै ‘हेट क्राइम’ भएको बताए ।

लिल्जिगोल्डले फेसबुकमा यस घटनाबवरे खुलासा गरेपछि उनका समर्थकहरुले उनको बहादुरीको चर्चा गर्दै उनको समर्थन गरेका छन् । साथै, अपराधीलाई पक्राउ गरी आवश्यक कारवाहीको समेत माग गरेका छन् । बामदल स्वीडेनको छैठौं ठूलो राजनीतिक पार्टी हो । समाजवादी तथा नारीवादीको मुख्य आर्दशका चलेको यस पार्टीले रोजगार, लोक कल्याणकारी सेवा र लैंगिक समानताको अधिकारलाई मुख्य मुद्धा बनाएको ‘बीबीसी ले उल्लेख गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !