८ बैशाख २०८१, शनिबार

मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


भदौ २३, मेक्सिको । मेक्सिकोमा शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति ११:४९ बजे) शक्तिशाली भूकम्प गएको छ । ८ म्याग्निच्यूड मापन गरिएको भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको छ ।

मेक्सिकोका अतिरिक्त ग्वाटेमाला, एल साल्भाडोर, कोस्टारिका, निकारागुवा, पनामा र होन्डुरसमा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पिजिजियापान सहरको ६० माइल दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ग्वाटेमालाको सीमा नजिकै केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !