८ बैशाख २०८१, शनिबार

भ्रष्ट कर्मचारीका कारण दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न सकेन : सञ्चारमन्त्री


भदौ २१, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दूरसञ्चार कम्पनी लिमिटेडले जनताको विश्वास गुमाउँदै गएको गुनासो गरेका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बुधबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले भ्रष्ट कर्मचारीका कारण दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए ।

उनले सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन पनि दिए ।

मन्त्री बस्नेतले गलत काम गर्ने कर्मचारीको निगरानी भइरहेको भन्दै त्यस्ता कर्मचारीले आफूलाई सुधार नगरे कारबाही गर्ने चेतावनी दिए ।

कार्यक्रममा दूरसञ्चार कम्पनी लिमिटेडका प्रमुख सूर्यभक्त पोखरेलले गुणस्तरी सेवा विस्तारका लागि कम्पनीले आफ्नो कामलाई तत्काल अघि बढाउने बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !