७ बैशाख २०८१, शुक्रबार

लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गर्दा ‘एकाउन्ट’ नै बन्द ! लामखुट्टेको उपहास गरेको आरोप


भाद्र २१, काठमाडौँ । जापानमा एक युवकले लामखुट्टे मारेर सामाजिक सन्जाल ट्वीटरमा फोटो पोस्ट गरेपछि ट्वीटरले नियम उल्लंघन गरेको उल्लेख गर्दै उनको ‘एकाउन्ट’ नै बन्द गरिदिएको छ ।

‘नेमु इज माइ वाइफ’ ट्वीटर ‘ह्यान्डल’ रहेको ती युवकले लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गरेपछि उनको पोष्टलाई ३१ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरुले रिट्वीट् र २७ हजारभन्दा बढीले लाइक गरेका थिए । त्यसपछि ट्वीटरले उनको एकाउन्ट नै बन्द गरिदिएको ‘बीबीसी’ ले उल्लेख गरेको छ ।

ट्वीटरमार्फत गाली तथा वेइज्जती र समाजमा हिंसा भड्काउने खालको सन्देश प्रवाह गरेमा प्रयोगकर्ताको ‘एकाउन्ट’ बन्द गरिने शर्त राखिएको छ । तर, ती युवकको ट्वीटर एकाउन्ट निलम्बित गरिनुको कारण भने लामखुट्टे विरुद्ध अफवाह फैलाएर उपहास गरेर नियम उल्लघंन ‘ट्वीटर जापान’ ले उल्लेख गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !