६ बैशाख २०८१, बिहिबार

मुटु रोग, मिर्गौला, क्यान्सर जस्ता आठ रोगको निः शुल्क उपचारका लागि अस्पताल तोकिए


free-health-care

काठमाडौ,  सरकारले आठ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ । मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका लागि सरकारले अस्पतालको नाम तोकेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क उपचारकालागि अस्पतालहरु निर्धारण गरिएको हो ।

क्यान्सर रोगको उपचारको लागि क्यान्सर केयर अस्पताल जावालाखेल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महारजगन्ज, पाटन अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँबानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारको लागि प्रसूति गृह थापाथलि तोकिएको छ ।आजको राजधानीमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !