१२ बैशाख २०८१, बुधबार

लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर छैन


UML - Maoist

९ वैशाख, काठमाण्डौ । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताहरुले विरोध गरेका छन् ।

पार्टी स्थापना तथा लेनिन जयन्तीको दिन कार्यक्रमको ब्यानरमै लेनिनको फोटो नभएको भन्दै कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा कार्यकर्ताको नाराबाजी र  विरोधपछि ब्यानर हटाइएको छ । माओवादी नेता वर्षमान पुनले विरोध गर्नेलाई संयम हुन भन्दा पनि नमानेपछि ब्यानर हटाइएको हो ।

एमाले र माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी एकताको सन्देश दिन भन्दै संयुक्त कार्यक्रम गर्दै छन् । कुरो मिलेको भए आइतबार वाम एकता अर्थात देशका दुई ठूला कम्युनिष्ट पार्टी, नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकताको घोषणा हुने थियो ।

पार्टी एकताका लागि पूर्वनिर्धारित मिति हो, वैशाख ९ गते । दुवै पार्टीले केही कुरा मिल्न बाँकी रहेको भन्दै एकता घोषणाको मिती पछि सरेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !