१३ बैशाख २०८१, बिहिबार

रेडियोमा ‘लाइभ’ कार्यक्रम चलाउँदै गर्दा जन्मियो बच्चा


एजेन्सी, १० फागुन । अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन् । उनको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो । उनी कार्यक्रम चलाउँदै थिइन् ।

कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्‍याइयो । अस्पतालभित्रैवाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।

रेडियो स्टेशनले अस्पतालको शय्यावाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो । अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन् यो मेरालागि एक शानदार अनुभव हो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो । त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्‍यो ।

उनको बच्चको नाम पनि स्रोताले नै राखिदिएका छन् । बच्चाको नाम जेमसन राखेका छन् । यो नाम पनि स्रोताहरूबाटै सुझाव लिएर राखिएको हो । बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएको थियो । ‘सबैभन्दा धेरै स्रोताहरुले रोजेको आधारमा बच्चाको नाम जेमसन राखिएको हो’, उनले भनिन् ।

प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा छिन्। उनी केही दिनका लागि सुत्केरी विदामा छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !