समाचार

  • Budhanikkantha

    बुढानिलकण्ठ मन्दिरदेखि मुहान पोखरीसम्म जाने सडक नाजुक अवस्थामा

    ९ वैशाख, काठमाण्डाै । काठमाण्डौ जिल्लाको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठको मन्दिरदेखि मुहान पोखरीसम्म जाने सडक बाटोको अवस्था बिगत पाँच बर्षदेखि अत्यन्तै नाजुक अवस्थामा रहेको छ । अति नै सुन्दर स्थान बुढानिलकण्ठ नगरपालिका ३ मा अवस्थित शिवपुरी राष्ट्रिय निकुन्जको काखमा रहेको उक्त स्थानमा कम्तिमा पनि आजभन्दा करिव २५ बर्ष पहिले नै चिल्लो कालोपत्रे बाटोको बिकास भैसकेको […]

  • kp-oli

    प्रधानमन्त्री ओलीले भने, ‘सार्कको असमझदारी हटाउन भारत र पाकिस्तानसँग कुरा गरेको छु’

    ९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाण्डौमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्भिनेस’ नामक पुस्तकको विमोचन गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन -सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् । हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग […]

  • Lenin Jyanti Banner

    एमाले–माओवादी संयुक्तसभामा दुवै दलका छुट्टाछट्टै ब्यानर राखेर कार्यक्रम सुरु

    ९ वैशाख, काठमाण्डौ । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला गरेपछि दुईवटा ब्यानर राखेर कार्यक्रम सुरु गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको छुट्टै ब्यानर पनि राखिएको छ । मञ्चमा मार्क्स र लेनिनको तस्बिर पनि राखिएको छ । त्यसपछि कार्यकर्ता संयमित भएका थिए । […]

  • Kabul bisfot

    काबुलमा आत्मघाती बम विस्फोट, कम्तीमा ३१ जनाको मृत्यु

    एजेन्सी, ९ वैशाख । अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । नामावली दर्ता केन्द्रको ढोकामा मानिसहरुको भिड लागेकै बेला भएको विस्फोटमा परि ५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । चरमपन्थी समूह इस्लामिक स्टेटले घटनाकाे जिम्मेवारी लिएको छ । यसै […]

  • siraha

    सिरहा समाजको साधारणसभा सम्पन्न,अध्यक्षमा विष्णु साह

    ९ वैशाख, सिरहा । सिरहा समाज सेवाको साधारणसभा सम्पन्न भएसँगै विष्णु साहको संयोजकत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभावाट कार्यसमितिमा निरु कार्की, सुदीप बास्कोटा, शम्भु साह उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा मदन कोइराला, सचिवमा प्रविण यादव, कोषाध्यक्षमा जितबहादुर सापकोटा, सहकोषाध्यक्षमा सुमन मिश्र चयन भएका छन् । अन्य सदस्यहरुमा रामनारायण सुनिल, महेश्वर […]

  • Bullish trend share-market

    शेयर बजारमा एकैदिन ५० अंकको छलाङ, एक वर्षकै सर्वाधिक कारोबार

    ९ वैशाख, काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि उकालो लाग्न थालेको बजारमा आइतबार नेप्से सूचक ५० अंकले बढ्दा एक अर्ब २३ करोड बढीको सेयर किनबेच भयो । वैशाख महिना लागेपछि तेस्रो पटक नेप्सेमा अर्ब बढीको कारोबार भएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४३८.४९ विन्दूको उचाईमा पुगेको हो । आइतबार सबै समूहको सूचक हराभरा […]

  • UML - Maoist

    कार्यक्रमबारे अन्यौल उत्पन्न भएपछि ओली-दाहाल सभागृहमै बैठकमा

    ९ वैशाख, काठमाण्डौ । पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभा अझै सुरु हुन सकेको छैन । ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै लफडा भएपछि कार्यक्रम सुरु हुन नसकेको हो । सभामा सम्बोधन गर्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभागृह पुगिसक्नुभएको छ । […]

  • Congress-Party-Office

    केबी गुरुङद्वारा सभापति देउवालाई दिएको समर्थन फिर्ता

    ९ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार आफ्नो धारणा राख्दै पुराना नेता केवी गुरुङले भनेका छन्–साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरुमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न […]

  • Bina Magar

    मन्त्री विनले भनिन्, ‘अब स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ’

    ९ वैशाख, चितवन । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकी छिन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि मन्त्री मगरले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताइन् । मन्त्री मगरले तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक […]

  • UML - Maoist

    लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर छैन

    ९ वैशाख, काठमाण्डौ । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा मनाएको कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताहरुले विरोध गरेका छन् । पार्टी स्थापना तथा लेनिन जयन्तीको दिन कार्यक्रमको ब्यानरमै लेनिनको फोटो नभएको भन्दै कार्यक्रम स्थल राष्ट्रियसभा गृहमा कार्यकर्ताको नाराबाजी र  विरोधपछि ब्यानर हटाइएको छ । माओवादी नेता वर्षमान […]

  • Oldest Women

    विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन

    एजेन्सी, ९ वैशाख । विश्वका जिवित मानिसहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ । जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार अस्पतालमा निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई गएको जनावरीदेखि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा […]

  • health

    जुम्लामा १४ हजारको स्वास्थ्य बिमा, ५७ लाख संकलन

    ९ वैशाख, सुर्खेत । जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गराएका छन् भने स्वास्थ्य बिमा गराएका बिमितहरुबाट ५७ लाख संकलन भएको छ । यस्तै गत असार एक गतेवाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् । स्वास्थ्य बिमा गरेका मध्येवाट […]

  • एकता प्रक्रिया सकारात्मक रुपमा अगाडि बढेको छ : माओवादी केन्द्र

    ९ वैशाख, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको आइतबारको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा अाइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको थियो । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिनुभएको थियो । […]

  • NIC

    नेपाल इन्स्योरेन्सको बोनसपछि मूल्य समायोजन

    ९ वैशाख, काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को ४.५२ प्रतिशत बोनसपछि आइतबार नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन भएको छ । बैशाख २१ गते डाकेको साधारण सभाका लागि कम्पनीले शुक्रबार सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार गत विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् । नेप्सेले कम्पनीको बोनसपछि प्रतिकित्ता सेयरमूलय ७१३ रुपैयाँ निर्धारण गरेको […]

  • srijana

    सुजु मल्लकी श्रीमतीले भनिन्, ‘मनोज पुनका बारेमा बताउँदा किन समातिएन’

    ९ वैशाख, बुटवल । गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्जको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् । मल्लकी श्रीमती सिर्जना ताम्राकार आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोज पुनले आफ्ना श्रीमानलाई धम्की दिने गरेको दाबी गरिन् । यसबारे इलाका प्रहरी कार्यालयका […]