११ बैशाख २०८१, मंगलबार

विदेश जाने श्रम स्वीकृतिमा अनलाइन टोकन प्रणाली लागू


nepali people

२६ पुस, काठमाण्डौ । वैदेशिक रोजगार विभागले श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) मा अनलाइन टोकन प्रणाली लागू गरेको छ । अब छिटो अनलाइन फारम भर्नेले छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् । विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।

टोकनअनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिने विभागका प्रवक्ता मोहन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘व्यक्तिगत श्रम स्वीकृतिका लागि टोकन सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्ने क्रम जारी रह्यो । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिने छ । कति बजे कार्यालयमा पुग्ने भन्ने जानकारी पनि दिनेछ,’ अधिकारीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !