४ बैशाख २०८१, मंगलबार

मल्ल होटललाई सर्वोच्चको अन्तरिम आदेश


२४ पुस, काठमाण्डौ । बेल्लीज नेपाललाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मल्ल होटलले बक्यौता नतिरेको कारण देखाउँदै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्व स्वीकृति सम्वन्धी प्रक्रिया अघि बढाउन नमिल्ने भनि पत्र पठाएको थियो ।

त्यसविरुद्ध बेल्लीज नेपालका ज्ञानेन्द्र श्रेष्ठले हालेको मुद्दामा सुुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले विभागको पत्रलाई अवैधानिक भनेको छ । विभागको पत्रले पेशा व्यवसाय गर्न पाउने हकलाई असर गरेको तथा क्यासिनो नियमावली विपरित भएको सर्वोच्चको ठहर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !