७ बैशाख २०८१, शुक्रबार

अरु पार्टीहरुको तालमेलले नेकपा एमालेलाई खासै असर गर्दैन – प्रमुख सचेतक ढकाल


२ नम्बर प्रदेशमा पनि नेकपा एमाले नै पहिलो पार्टी हुन्छ – प्रमुख सचेतक ढकाल भानुभक्त ढकाल

भाद्र १८, २०७४, काठमाडौ । भानुभक्त ढकाल नेकपा एमालेको संगठन विभागको उप–प्रमुख तथा संसदीय दलको प्रमुख सचेतक हुनुहुन्छ । ढकाल कानुनी पृष्ठाभूमि बोकेका क्रियाशील, जुझारु र क्षमतावान् नेता हुनुहुन्छ ।  उहाँका अनुसार अरु पार्टीहरुको तालमेलले नेकपा एमालेलाई खासै असर नगर्ने  र  नेकपा एमाले नै पहिलो पार्टी  हुने  कुरा बताउनुहुन्छ । व्यवस्थापिका संसदमा संविधानको दोस्रो संशोधन विधेयक अस्वीकृत, बाढी, डुबान, प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र  नेकपा एमालेका भावी रणनीतिहरुको सम्बन्धमा केन्द्रित रहेर नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीले गरेको कुराकानी  ।

१.  तपाईं राम्रो सम्भावना बोकेको युवा नेता हुनुहुन्छ । सांसद र प्रमुख सचेतक हुदाँ अवसरहरु र चुनौतीहरुमा के कस्ता फरक हुदोरहेछ त ?

सांसद मात्र हुदाँ समुहमा आएका जिम्मेवारी बारेमा मात्रै आफ्नो भूमिका हुन्थ्यो । प्रमुख सचेतक भईसकेपछि अरुलाई समन्वय गर्ने, बिषयको आधारमा अगुवाइ गर्ने,  र सत्तापक्ष र प्रमुख प्रतिपक्ष हुदाँ खेरी त्यसका भुमिकहरुका पृथक-पृथक बनेर अरु दलहरुसँग पनि कैयौ बिषयहरुमा सहमती गर्नुपर्ने कैयौ बिषयमा पार्टीका दृष्टिकोणको कारणले गर्दा आन्दोलन गर्नुपर्ने स्थिति भएको हुनाले आन्दोलनको सहमतिको यी सबै खालका अनुभवहरु मैले प्राप्त गर्ने अवसर पाएँ । चुनौती भनेको  प्रमुख प्रतिपक्षमा रहदा सत्ता पक्षका योजनाहरु चाहिँ अन्तिम अवस्थामा थाहा पाउनपर्ने भएकोले त्यसका आधारमा आफ्नो पार्टीका मान्यताहरुलाई स्वीकृत गने बेलामा कतिपय सांसदहरु बाहिर जाने, यतातिरको महत्वलाई अलिकति कम बुझिदिने, संसदीय आन्दोलनमा उठेका  समस्याहरुलाई प्रतिनिधित्व गर्ने बिषयमा कहिलेकाहिँ प्राबिधिक र अन्य कारणहरुले गर्दा तलमाथि हुने र कतिपय बिषयहरुमा अन्तिम अवस्थामा मात्रै थाहा पाएर त्यसको ब्यबस्थापन गर्ने कुरामा हुन्छन । हाम्रो पार्टीको अग्रपंतिको नेतृत्व चाहिँ अन्य काममा ब्यस्त हुने र त्यो कारणले गर्दा संसदमा अनुपस्थित रहने कुराले गर्दा यो नयाँ बिषयहरुमा निर्णय गर्ने र त्यसको अगुवाई गर्ने खालका बिषयहरु चाहिँ त्यी चुनौतिका विषयका रुपमा मैले सामना गरेको छु भन्ने मलाई लाग्छ ।

२.  यो प्रमुख सचेतकको पद भनेको एउटा जस नपाउने पद पनि भन्ने गरिन्छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?

जीबनमा चुनौतीहरुको बीचबाट अनुभव आर्जन गरेर आफ्नो जीबनालाई समृद्ध बनाउने, हौसिने र खुशी हुने मात्र हैन । अप्ठ्याराबाट कसरी जीबनका निम्ति उपयोगी बनाउने भन्ने बिषयका निम्ति यो पनि एक चोटी अनुभव लिनुपर्ने र लामो समयसम्म त्यहीं अनुभवमा रमाउन नहुने खालको जिम्मेवारी हो भन्ने मैले ठान्दछु ।

३.  व्यवस्थापिका संसदमा संविधानको दोस्रो संशोधन विधेयक अस्वीकृत भई नेकपा एमालेको अडान स्थापित भएको छ ? तर प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा उचित वातावरण बनेपछि फेरी संसोधन अगाडी बढाउने कुरा भन्नु भएको छ । यसमा पार्टीको आधिकारिक धराणा के छ ?

पहिलो कुरा हामीले यो संबिधान सहमतिबाट निर्माण गर्यौ । ९० प्रतिशत भन्दा धेरै सांसदहरुको सहमतिबाट संबिधान बनायौ । अगिल्लो संबिधानसभा असफल भएपनि यो संबिधानसभाबाट बनाउन हामी सफल भयौ । अब त्यसको इमान्दारीपुर्वक कार्यान्वनको पक्ष नै हाम्रो लागि चाहिँ प्रधान बिषय भएकोले हामी इमान्दारपुर्बक रहन सक्नुपर्थ्यो । तर राजनीतिक साना स्वार्थका कारणले गर्दा र त्यसलाई भजाएर सत्तामा जाने र अरुलाई सत्ताबाट निकाल्ने योजना जनताको हितमा थिएन । अब प्रधानमन्त्रीज्यूले विदेशमा गएर मुलुकको आन्तरिक मामलाको बारेमा बिना प्रशंग मेरो यो हैसियत नभएकोले गर्दा हैसियतले भयो भने म फेरि पनि गर्नका लागि तयार छु भन्दा कतिपय व्यक्तिहरुले जुन संबिधान संसोधनको बिषय जुन घरेलु मामला नभई आन्तरिक रुपमा उठेको भन्दा पनि अरु कसैले बोकाइएको भारी चाहिँ सरकारले बोकिरहेको छ भनेर जे आलोचनाहरु हुने गरेका थिए । त्यसलाई त्यो भनाइले पुष्टि गरेको छ कि अराएको यो काम मैले गर्न सकिन गर्न सक्ने हैसियतमा मलाई पुर्यायो भने मैले यो गर्छु भनेर अरुसंग बिन्ती गर्ने अनुनय बिनय गर्ने मलाई त्यो हैसियतका निम्ति सहयोग गर्नु पर्यो । त्यसका निम्ति बिभिन्न होला यो प्रश्नदेखि अरु सबै खालको वातावरण भयो भने म त्यो पुरा गर्छु भनेर अहिले नै बचन प्रतिबद्धता गर्दा सहयोग प्राप्त होला भन्ने मनसायले यो उहाँहरुले भन्नु भएको जस्तो देखिन्छ । अब उचित बेलामा भयो भने गर्छु भन्ने कुरा त त्यसले जनतालाई सचेत बनाएको छ कि राष्ट्र र जनताको भावनामा नेपाली कांग्रेसमा पनि शेरबहादुर जीको नेतृत्वमा सरकारको स्थायीत्व रहने कुरा भयो भने मुलुक र जनताको हितमा हुने रहिन्छ भन्ने कुरा पनि नेपाली जनताले बुझ्नुहुन्छ भन्ने अर्थमा नै हामीले त्यसलाई लिएका छौ ।

४. देशका विभिन्न भागहरुमा बाढी, पहिरो र डुबानबाट प्रभावित पिडित जनताको उद्धार र राहतमा नेकपा एमाले, यसको भातृ सगठन अनेरास्वबियु तथा युवा सघले पनि तत्काल कुनै कार्यक्रम घोषणा गर्न सकेनन भन्ने आरोप छ नि ?

यो कस्तो छ भने चाहे सडकमा होस, चाहे सडक सुधारको क्षेत्रमा होस, अरुले नगरेको बिषयमा एमालेले गरेको भन्नु भन्दा सबै पार्टीले उस्तै हुन् भनेर त्यसैमा  मिसाएर बदनाम गर्ने खालको कुरामा नै मानिसहरु लागिरहेका छन् । त्यसमा जानेर नजानेर पनि मानिसहरु प्रभावित नै छन् । यो दुखको बिषय नै हो । जहाँसम्म हामीले चाहिँ हाम्रा भातृ-संगठन जिल्ला-जिल्ला तोकेर नै राहतको काममा खटिरहनु भएको छ । हामीले सार्बजनिक मेडियाहरु मार्फत पनि देखिरहेका छौ । म यहाँहरुलाई के आग्रह गर्न चाहन्छु भने मैले केहि दिन अघि मेडियाबाट सुनिरहेको थिए कि प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म ३ करोड ६२ लाख जम्मा भयो । बोलेकाहरुले पनि पैसा दिएनन् भन्ने सुनिरहेको थिए । त्यो मध्ये हाम्रै पार्टीका संसदको तर्फबाट, संसदीय दलको तर्फबाट बोले अनुसार हामीले ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँ हामीले बुझाएका छौ । भन्नुको अर्थ ३ करोड ६२ मध्ये १ करोड त हामीले नै बुझाएका छौ । माओवादीले ३५/३६ लाख कति बुजायो भन्ने मैले सुनेको छु भने स्वयम् सत्ताको नेतृत्व गर्ने दलहरु र अरु कहाँ-कहाँबाट सहयोग आयो भन्ने कुरा बाहिर ल्याउनेको भन्दा पनि सबै उस्तै-उस्तै हुन् भनेर भन्ने खालको कुराहरु छन् । यो चाहिँ नियत सफा नभएका र एमालेले गरेको कुराबाट जस लिने कुरा भन्दा पनि अरुले नगरेको र यो पनि गर्ने र नगर्ने बिचमा विभेद नछुट्याउने खालको निरन्तरताको नियत मात्र हो । यस्तो स्थिति हैन । हाम्रा पार्टी कमिटी लाएका छन् । जनकमिटी पनि लागेका छन् । संगठन पनि लागेको छ । संसदीय दल पनि यसमा क्रियाशील नै छ ।

५.  स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी भएको छ । त्यस्तै यसका भातृ संगठनले गर्ने कामहरुमा जनताले एमाले अगाडी आएको हेर्न चाहन्थे । यो चाहिँ पुरा भएन भन्ने छ । यसलाई कसरी हेर्नु भएको छ ?

मैले भनी हाले एउटा त बाढी गयो राहत लिएर जानुपर्यो, योजना बनाउनपर्यो । सत्ताको मान्छेहरु यहाँबाट गएको देख्नु भएको छ । हेलिकप्टर लिएर गएर कपडामा हिलो लग्यो भनेर जनतासंग नभेटी त्यहि हेलिकप्टर चढेर गुमफिर गरेका छन् । हामी त मैदान मै छौ । त्यहाँ निर्माण कै काममा हाम्रा साथीहरु लागिरहनु भएको छ । शायद त्यो भूकम्पबाट ग्रस्त भएको नेपाल पुननिर्माण गर्ने कुरा, राहतको कुरा होस् कि एमालेको कार्यकर्ता अग्रपंक्तिमा छन् । तिनीहरुले सेवा दिइराखेका छन् । अब यो कुरा यति दिनको घाम जस्तै छर्लङ्ग हुँदा-हुँदै पनि कोहि आएनन भन्ने खालको कुरा जुन गरिन्छ । न सत्ता छ, न साधन स्रोत छ, न राज्यको केहि पहुँच छ । केवल हामीसँग त आवाज छ । तर हामीसँग जति संघठित शक्ति छ त्यो संघठित शक्तिलाई हामीले  संघठित रुपमा नै परिचालित गरेका छौ ।

६.  बाढी डुवान प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी ढंगले संचालन हुनसक्यो त ? नेकपा एमालेको यसमा धारणा के छ ?

अब यसमा हामीले संसदमा पनि उठायौ । संसदमा डुबान हुनुमा बिशेष ध्यानाकर्षण प्रस्ताब राखेर नै संसदमा हामीले २ दिनसम्म छलफल गरायौ । प्रत्येक मृतकको परिवारलाई १ लाख रुपियाँ दिने, निर्माणको लागि प्रत्यक परिवारलाई ५ लाख दिने, जसको डुबान भएर घर क्षति भएको छ उसलाई सरकारले १५ हजार भनेको छ, त्यतिले हुदैन १ लाखको दरले दिनुपर्छ भनेका छौ र भूकम्प पिडितहरुलाई आवास निर्माण गर्नको लागि जुन खालको रकमको प्याकेज भनेका छौ र  ३ लाखसम्म निब्याजी दिनुपर्छ राज्यले भन्ने गरेका छौ । त्यो हामीले हाम्रो ठाउँबाट चाहिँ आवाज शशक्त गरी सरकारको ध्यान आकर्षण गराएका छौ । तर पनि हामीले आफ्नो ढंगबाट सहयोग गरेका छौ । अब सरकारको तर्फबाट भन्दा सरकारले राहत वितरणको कुरालाई सेवामुखी र जनतामुखी बनाउने कुरा भन्दा पनि प्रचार र भोट माग्ने राजनीति गर्ने थलोको रुपमा यसलाई प्रयोग भएको छ । मैले एउटा मात्रै मेडियामा आएको दृष्टान्त स्मरण गराउछु । जहाँ सप्तरीमा चाहिँ एकजना बालकको मृतु भयो, गाड्ने ठाउँ नभएर खोलामा बगाएको हेर्दा बिगारक चित्र देखियो । राज्य चाहिँ हेलिकप्टर लिएर त्यो ठाउँमा गयो तर उसको बुवा धरानमा उपचार गर्न गएको मान्छे खर्च नभएर उ चाहिँ पैदल उताबाट ३ दिनपछि आउने खालको कुरा भयो भने सरकार सहि अर्थमा राहत पुर्याउने खालको कुरा भएको छ । आधारभूत तहमा गएको छ भन्दा नेताहरुको पहुच भएको ठाउँमा आफ्नो निर्वाचन क्षेत्रमा राहत बढ्ने निहुँमा राजनीतिको खेती गर्ने खालको कुरा गरेको छ, जो एमालेले गरेको छैन । हामी त्यो राजनीति गर्न चाहदैनौ ।

७. प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको सम्बन्धमा नेकपा एमालेको आधिकारीक धारणा के छ ? भ्रमणलाई सफल वा असफल के भन्नु हुन्छ ?

हैन उहाँ यो समीकरण बनाउने अगाडी देखि नै कहिले ९ महिना पुगेर आफ्नो सरकार बन्छ र म त्यहाँ आए भनेर भनौ भन्ने अर्थमा हुनुहुन्थ्यो । भारत भ्रमण मैले चौथो पटक प्रधानमन्त्री भएर गणतन्त्र नेपालको प्रधानमन्त्री भएर प्रधानमन्त्रीको हैसियतले पनि गरे भन्ने इतिहासको एउटा नाम भयो उहाँको । अब गर्ने कुराका लागि त देशको अन्तरिक मामला जुन नबोल्दा पनि हुने बिषयमा आफै अगाडी सरिसरी उहाँले जे कुरा बोल्नुभयो । कोशी बाधमा चाहिँ अब मुलुकभरका जनताहरु चाहिँ भारतले उच्च बाध बाधेको कारणले डुबान भयो । त्यसलाई चाहिँ अब ब्यबस्थापन गर्नुपर्छ भनेको ठाउँमा उल्टै बाध बढाएर गर्ने सहमती गरेर आउनु भएको छ । राष्ट्र र जनताको हितमा यो भ्रमण रहेन तर प्रधानमन्त्रीको हिसाबले पटक भारतले चाहिँ अब राम्रो गरेको थियो, मलाई बनाएको थियो अथवा म पनि उसको सुवेच्छामा थिए । अरु प्रधानमन्त्री भन्दा म चाहिँ निकट हु म भन्ने र देखाउने कुराको लागि एकदिन २ दिन मेजमानी खानको लागि भ्रमण भयो । राष्ट्र र जनताको दृष्टिकोणबाट हेर्दा यसले राष्ट्रिय स्वाभिमानलाई पनि उजागर गर्र्न सकेन । हाम्रो स्वाधिनतालाई जोगाउन सकेन, अहिलेका अपेक्षा र हाम्रा जुन एकदम पारस्परिक हिसाबमा एउटा छिमेकीको हिसाबले, स्वतन्त्र सार्वभौमसत्तासम्पन्न देशका हिसाबले जे बिषय राख्नु पर्थ्यो, त्यो बिषय पनि भएन । बिषय र राष्ट्रको हितको हिसाबले यो भ्रमण  उपलब्धिमूलक भएन । सफल असफल भन्ने कुरा त गएका सबै मान्छेहरु सकुसल नै फर्कने हो कुर्ने दुर्घटना भएन । त्यसले गर्दा अब भ्रमण जाने र आउने दृष्टिकोणले मात्रै सफल नै माने भयो त्यसलाई ।

८. सरकारले २ चरणमा गर्ने भनेको चुनावलाई नेकपा एमालेले कसरी लिएको छ ?

अब यो चरणको सम्बन्धमा पहिले तीन दलका शिर्ष नेताहरु र निर्वाचन आयोगको बिचमा कुरा गर्दा निर्वाचन आयोगले चाहिँ अहिलेको जस्तै निर्वाचन गर्ने कुरा नै गरेको थियो र मंसिर ४ देखि २१ गतेसम्म गर्ने प्रस्तावको कुरा आएको थियो । तर त्यो प्रताव भन्दा सरकारले एकै तहमा निर्वाचन गराउन पर्ने भनेर जे मिति तोक्यो मङ्सिर १० गतेको । अब त्यो मिति तोकीसकेपछि एकै चरणमा निर्वाचन हुन्छ भनेर चुनाबको वातावरणका लागि चर्चा-परिचर्चा जुन एउटा बाताबरण बन्न लायक  हुँदा सरकारले चाहिँ अनावश्यक रुपमा प्रतिपक्ष लगायत अन्य पक्षसँग सहमति नगरी यसरी दुई चरणमा गर्ने कुरो हुदाँ चाहिँ कतै सरकार विभिन्न बहाना बनाएर वा अरु यहाँभित्र पनि षड्यन्त्र बनाएर अथवा अनेक खालका खेल खेल्न सकिन्छ कि भन्ने मनसायका साथमा यो गरेको छ र सहमती बिना यो गर्ने खालको कुरा उपयुक्त होइन ।

९. प्रधानमन्त्री देउबाको भारत भ्रमणको सन्दर्भलाई लिएर नेकपा एमालेले संसदमा खरो रुपमा प्रस्तुत हुने एउटा रणनीति बनाएको थियो । तर सत्ता पक्षले यसलाई असफल पारिदियो र समग्रमा यो चुनाब एमालेको सहमती नभई दुई चरणमा घोषणा गरेर एमालेलाई एक्ल्याउने खेल भईरहेको छ भन्ने सुनिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?

यसमा अब पहिलो कुरा पहिलो बिषय राख्दा नै प्रधामन्त्रीले दवाब दिनुपर्थ्यो । दिनुहुन्छ भनेर नै हामीले बिशेष ध्यानकर्षण प्रस्ताब राखेका हौ । त्यो पछि मुलुकको प्रधानमन्त्री विदेश जाँदा संसदमा चलिरहेको बेला म चाहिँ नेपाली जनताको तर्फबाट, संसदको तर्फबाट, यस्ता-यस्ता बिषयमा त्यहाँ कुरा गर्छु भनेर संसदलाई जानकारी गराएर जानु राम्रो हुन्छ भन्ने कुरा हामीले राखेका थियौ । अब यी दुई वटै कुरा नगरी उहाँ जानुभयो । आएपछि पनि विभिन्न किसिमको आलटाल हुँदा प्रधानमन्त्रीलाई संसदमा ल्याएर जबाफदेही बनाउनपर्छ भन्ने बिषयमा हामीले सोचिरहेका थियौ । तर प्रधानमन्त्रीज्यूले आएर सदनलाई जानकारी गराउनु भयो । त्यो एउटा बिधि भित्र उहाँले चाहिँ जानकारी गराउने खालको कुरा भयो । त्यसले गर्दा प्रधानमन्त्रीले बोल्ने, जानकारी गराउने कुरा भईसकेपछि हामीले त्यसलाई अन्यथा लिने कुरामा चाहिँ रहेनौ । सामान्यतया नेपालीहरुको मनोवृती कस्तो देखिन्छ भने सकारात्मक ढंगबाट गरेका काम र त्यहाँभित्र भएका योगदानहरुको आधारमा प्रमुख प्रतिपक्षको मूल्यांकन गर्ने कुराभन्दा पनि यहि अबरोध, हड्ताल हुन्छ कि हुदैन, त्यसका आधारमा मात्र एमालेको पहिचान देख्न चाहने खालको एउटा प्रवृति पनि छदैछ । अब संबिधान बनाएका छौ । संबिधान कार्यान्यन चाहिँ अहिलेको मूल एजेन्डा हो । अब कहिले सबिधान संसोधनको नाममा कहिले विभिन्न बहानाको नाममा चाहिँ संबिधान कार्यान्वयन हुन नदिने खालका कामहरु सरकारले गर्छ । त्यसलाई  एक ठाउमा ल्याउनका लागि जिम्मेवार पूर्ण ढंगबाट निर्वाह गरेका छौ । अनि मान्छेहरुले बाहिर के टिप्पणी गरेका हुन्छन भन्ने कुरा प्रमुख प्रतिपक्ष खोइ कता छ ? एजेन्डा उठाएन, आन्दोलन गरेन । अब यो मुलुकमा एमालेले पनि त्यहि बिषयलाई लिएर आन्दोलन गर्ने हो भने त्यो संबिधानको कार्यान्वयन गर्ने जिम्मा कसले लिन्छ । सरकारले लिएको छ, सरकार न त्यसप्रति चासो छ । प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा एमालेले के मुखमा चाबी लाएर बस्यो । त्यो दुई दिनसम्म बिशेष प्रस्ताब ल्याएर छलफल गर्नुको अर्थ भारत जानु भन्दा अगाडी त्यहाँ मलाई लाग्छ करिब करिब ८० जना संसदहरु बोलेकामा ६० जना भन्दा धेरै एमालेकै संसदहरुले भाग लिनु भएको छ र छलफललाई त्यो ढंगबाट लैजानु भएको छ । अब बिषय चाहिँ महत्वको बिषय हो भने त्यस्तै ढंगबाट हेर्नुपर्यो ।

.  भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासघको निर्वाचनमा प्रेस चौतारी तर्फका अध्यक्ष उमेरदवारको भएको पराजयले आगामी असोज २ मा हुने २ नम्बर प्रदेशको निर्वाचनमा अव नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र यसरी नै मिलेर निर्वाचनमा तालमेल गरे भने नेकपा एमालेलाई  पहिलो शक्ती हुन गाह्रो पर्नसक्छ भन्छन नी ?

अघि पनि कुरा आएको थियो । प्रशंगले राजनीतिमा सधैभरि शक्तिको बिरुद्धमा निर्धाहरुको एकता हुन्छ । एक्लै प्रतिष्पर्धा गर्न सकिदैन र अस्तित्व समाप्त हुन्छ कि भनेर अस्तित्वको लोभबाट जोगिनका निम्ति व्यक्ति संघठन, संस्थाहरु एक ठाउँमा हुन सक्छन । त्यसमा एमालेले कुनै हीनताबोध गर्दैन । एमालेसंग प्रतिष्पर्धा गर्न सकिदैन भनेर अरु छिमेकीहरुलाई समेत गुहारेर अन्य पार्टीहरुले गरेको तालमेलमा एमालेले हीनताबोध गर्नुपर्ने कुनै कारण छैन । होला अहिलेको निर्वाचनमा सबै शक्ति एकातिर हुँदा एमालेको एक सिट तलमाथी होलान । तर राष्ट्रिय राजनीति भित्र एमालेको बिरुद्ध भईरहेको मोर्चाबन्दी किन, केका लागि यसको पार पाउन के गर्नुपर्छ । अहिले त मिलेर लग्नुहोला । के चुनाब उहाँहरुको जीबनमा यहि मात्र हैन होला । त्यसले गर्दा यो चुनाबमा उहाँहरुले मोर्चाबन्दी गर्नुभयो त्यसले कुनै ठुलो केहि भइहाल्ने र एमालेलाई कुनै निराशा हुने पछाडी फर्काउने कुरा हुदैन ।

११.  देशमा विभिन्न पार्टीका र ती सम्बद्ध नेताहरूको सिन्डिकेट छ, भ्रष्ट, झोले, बिचौलिया र दलालहरूको बिगबिगी छ । यस्तो विकृतिलाई चिर्न के गर्नुपर्ला ?

यो त्यस्तो भएको पार्टीहरुले सोच्ने कुरा हो । हाम्रो पार्टी चाहिँ नवौ अधिबेशन पछाडी हेर्ने हो भने धेरै नै संस्थागत छ । बिधि र प्रक्रिया सँगसँगै अगाडी बढेको छ । बिधि प्रक्रियाको कुरा मात्रै हैन कि राष्ट्रिय राजनीतिका तमाम मुद्धाहरुमा पार्टीको नीति दृष्टिकोणको आधारमा एकताबद्ध भएको पार्टी पनि एमाले नै हो । सर्बसम्मत ढंगले योग्यताका आधारमा चाहिँ पार्टीलाई हिडाउन सक्ने पार्टी हो । तपाई चाहे चुनाबी मुद्धामा हेर्नुस, चाहे उमेरद्वार छान्ने कुरामा होस, चाहे ७/७ वटा प्रदेश बने त्यसमा जिम्मेवारी दिने कुरामा, चाहे केन्द्रीय कमिटीमा मनोनयन गर्ने कुरामा हेर्नुस, चाहे मान्छेहरुलाई जिम्मेवारी दिने कुरामा हेर्नुस कि अहिलेको योग्यता र  नेतृत्वको कुरामा सबैलाई समेटेर पार्टीलाई संस्थागत रुपमा  चलाएको एकमात्र पार्टी नेकपा एमाले हो । यो कारणले गर्दा दलाल जुन-जुन पार्टीमा छन, त्यतातिर उत्खनन गर्दा हुन्छ । त्यहाँ त्यो खालको प्रवृति एमालेमा छैन ।

१२. पहिला पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उहाले अन्य बरिष्ठ नेताहरुसँग सहकार्य गर्न सक्नु भएन र उहाहरुले पनि केपी ओलीको सरकारलाई दिल खोलेर सहयोग नगरी एक अर्कामा आरोप लगाउदै हिंड्नुभयो । यसले के देखाउछ भने अझ पनि पार्टीमा बरिष्ठ नेताहरुमा एकअर्कामा शितयुद्ध जारी छ भनिन्छ नी ?

यस्तोमा मान्छेहरुले कसरी हेर्छन, कसरी बुझ्दछन त्यो उहाँहरुको स्वतन्त्रताको कुरा हो । मैले बुझेको हाम्रो वर्तमान अध्यक्ष कमरेड केपी ओली  हिजो पार्टीको फस्टमेन नहुदा पनि पार्टीले गरेको संस्थागत निर्णयको पक्षमा दृढतापुर्वक उभिनु भएको थियो र उहाँले बोलेर त्यो दिएका अडानहरुका कारणले त्यसबाट चाहिँ राजनीतिमा नाफा-घाटा कहाँनिर हुन्छ । साना-तिना विषयहरुलाई उचालेर मूल बिषयहरुबाट अन्त मोडिने हुन नदिने कुराका निम्ति उहाँ हिजो नेतृत्वमा हुदा पनि गर्नु भयो र अहिले पार्टीको अध्यक्ष हुदा स्वयं राष्ट्र र जनताको निम्ति पार्टीको नीतिका आधारमा सरकारको नेतृत्व गर्दा विकास र समृद्धिको एउटा सपना देखाउनु भयो । जे राष्ट्रियता विषयका सम्बन्धमा अडान लिनुभयो र त्यो अडान लिएर अन्य पक्षहरुसँग सम्झौता नगरेर सिर ननिहुराएको कारणले गर्दा सत्ता छोड्नुपर्दा पनि उहाँलाई कुनै हीनताबोध नभईकन उहाँ गर्वका साथ सत्ताबाट बहिर्गमन हुनु भएको छ । यसले गर्दा अरु सत्तामा जादा सहयोग गर्नु भएन भन्ने कुरा त्यो चाहिँ एकदम गलत कुरा हो । अब जहाँसम्म अरु नेताहरुको बारेमा केहि अपवाद घटनाहरुलाई छोडेर हेर्दा हाम्रो पार्टी चाहिँ एकताबद्ध नै छ । उहाँले पार्टीको हितमा नै लाग्नु भएको छ । केहि घटनाहरुमा अप्ठारो परेर अरु सबै मिलेर नेतृत्वको बिरुद्ध घेराबन्दी गरेर आक्रमण गरिरहेको बेला स्वयं घेराबन्दीमा नै आफु सामेल भएर आफ्नै नेतृत्वको बिरुद्धमा छिटफुट घटनाहरु हुने खालका कुराहरु पनि भएका कुराहरु अपवाद हुन् र त्यो अपवादलाई पनि हामीले आगामी दिनहरुमा चाहिँ दोहोरिन दिनुहुन्न भन्ने बिषयमा स्वयं त्यस्तो अभिव्यक्ति दिने र गतिविधिमा लाग्नेहरुले पनि शिक्षामा लाग्नुहुन्छ भन्ने मैले ठान्दछु ।

१३.  २ नम्बर प्रदेशको निर्वाचन नेकपा एमालेका भावी रणनीतिहरु के हुन ? अव पार्टी कसरी अघि बढ्छ

हामी पहिलो पार्टी हुने सन्दर्भमा जनतको जनमत नै त्यही छ, जनताको जनआदेश पनि त्यहि नै छ । त्यसलाई ब्यबस्थित गर्ने सन्दर्भमा पार्टीको केन्द्रीय स्थायी कमिटीले निर्देशन गरेर प्रत्येक जिल्लामा हाम्रो पार्टीको नेतृत्वमा चाहिँ शक्ति परिचालन पनि हामीले गरेका छौ । उमेरद्वारहरुलाई अधिकतम सर्वसम्मतिका साथ गराउने जस्तामा पनि कामहरु भइराखेका पनि छन् । अन्य पार्टीबाट व्यक्तिहरु ल्याउने कुरा तिनीहरुलाई उचित जिम्मेवारी दिने कुराहरुमा पनि कुनै विभेद नगरीकन हामीले गरिरहेका छौ र चुनाबी मावल पनि एकदम बनिरहेको छ । हामी त्यहाँ पनि पहिलो पार्टीको रुपमा नै स्थापित हुन्छौ ।

१४.  अन्त्यमा, नेपालपत्र मार्फत आम नेपाली जनताहरुलाई के भन्न चाहनुहुन्छ ?

राष्ट्र, राष्ट्रियता र राष्ट्रको विकास र समृद्धीको निम्ति अहिले राष्ट्रवादी शक्तिहरु एकताबद्ध भएर अगाडी बढ्नुपर्छ । बामपन्थी शक्तिहरुको बीचको सहमती सहकार्यमा अरु बामपन्थीहरुले पनि त्यसलाई सकारात्मक ढंगले हेर्न र बुझ्न जरुरी छ । स्वयं मधेशमा राजनीति गरेर हुनुभएका मधेशकेन्द्रित दलहरु जो अहिले राजपाको नाममा संघठित हुनु भएको छ । नेकपा एमाले चाहिँ बोली एउटा व्यवहार अर्को गर्दैन । हामी राजनीतिलाई ब्यापारको बिषय बनाउदैनौ । यो पास भए हाम्रा कारणले फेल भए एमालेका कारणले भनेर अब्जस अर्काको टाउकामा राख्ने हामीले गर्दैनौ । संबिधान कार्यान्वयन गर्ने बिषयप्रति हामी इमान्दार छौ । हामी भनाई र गराईमा हाम्रो एकरुपता छ । यी ब्यबहारहरुलाई हेरेर कतिपय बिषयहरुको समस्या समाधानका लागि पनि अन्य शक्तिहरुले पनि त्यो ढंगले सकारात्मक ढंगले सोचियो भने यो मुलुकलाई अब विकास र समृद्धिको यात्रामा हामी सबैले मिलेर लाने हो । यसमा सबैको सकारात्मक सोच हुनु आवश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !