पाठक र स्रोता भनेका मेरा मुटुका टुक्रा हुन् : गीतकार राई

हरेक मानिसहरु शारीरिकरुपमा शशक्त भएपनि कुनै राम्रो कार्यहरु गर्न सकिरहेका हुदैनन् । तर कोहि मानिसहरु यस्ता हुन्छन् जुन शारीरिक रुपले अशक्त भएपनि देशलाई माया गर्दै सांगीतिक क्षेत्रमा कलम चलाउदै आफ्नो नाम कमाउन सफल भएकी गीतकार हुन् एलिशा सुच्चा राई ।

उनी शारीरिक रुपमा अशक्त भएपनि सांगीतिक क्षेत्रमा कलम चलाई दुईवटा सिप्पोरा र परिधी एल्वम निकाली सकेकी छन् । त्यतिमात्र नभई उनी समाज सेवामा पनि निकै सक्रियता छिन् । उनी हंगकंगमा जन्मि भोजपुर जिल्लामा हुर्केेेकी गीतकार एलिशा सानैदेखि गीत, कथा र कविता लेख्नेे गर्दथिन् । उनी ११ वर्षदेखि बेलायत बस्दै आफ्नो सांगीतिक क्षेत्रलाई निरन्तरता दिदै आएकी छिन् । उनको सांगीतिक जीवनको सम्बन्धमा केन्द्रित रहेर नेपाल पत्रका संवाददाता राम मगरले गरेको कुराकानी :

सांगीतिक क्षेत्रका साथै समाज सेवामा सक्रिय हुनुहुन्छ, दुई फरक क्षेत्रमा अगाडि बढ्न कसरी समय निकाल्न सक्नुहुन्छ ?

सर्वप्रथम त आफ्नो हृदय तयार हुनुपर्छ । संगीत क्षेत्र भनेको म गर्छु भनेर जतिवेला लेख्छु भनेर हुदैन, यस्तो समयमा आउँछ शब्दहरु जस्तो की फूर्र हावा चल्दा रुखका पात जसरी फुर्र हावाले रुखको पात हल्लाउदा हल्लिन्छ । त्यसरी नै शब्दहरु आउँछ त्यस समयमा लेख्छु । समाज सेवा भनेको मन भित्रवाट गर्छु भनेर तयार हुनु पर्यो । त्यसपछि समय जुतिहाल्छ ।

तपाई शारीरिकरुपमा अशक्त हुँदा पनि सक्रिय रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढ्न कसको प्रेरणाले मद्धत गर्यो ?
म आफु शारीरिक रूपमा अशक्त हुँदा पनि संगीतिक क्षेत्रमा अगाडि बढ्न मेरी स्वर्गीय आमाको प्रेरणा र इश्वरको कृपाले गर्दा मलाई मद्दत गर्यो ।

तपाई विदेशमा रहेर कसरी संगीत छेत्रमा अगाडि बढ्न समयको व्यवस्थापन गरिरहनु भएको छ ?

पहिलो कुरो त आफु तयार हूनु पर्यो । दोस्रो आजको विश्व मोबाइलको चिप्समा समाहित छ । त्यसैले सबै कुरा नेटवाट नै गरिरहेको छु तर आफ्नै उपस्थित भए जस्तो त हुदैन । तैपनि समय निकालेर सकेसम्म कोसिस गर्दैछु ।

शारीरिकरुपमा अशक्त हुँदा गीतसंगीत लेखनमा कतिको असर पर्दोरहेछ ? तपाईंले गीत लेखन र सामाजिक सेवालाईसँगै आगाडी बढाइरहनुभएको अवस्थामा के कस्ता कठिनाई देख्नुभएको छ ?

म आफु शारीरिक अशक्त छु भन्ने कुरालाई दिमागवाट निकाल्नुपर्छ  ।  यो संसारमा जन्मनुको महत्वपुर्ण अर्थ छ । त्यसैले मैले यो सुन्दर संसारमा केही गरेर जानु पर्छ भनेर सकरात्मक कुरा  सोच्ने गर्दछु । यसले मलाई कुनैपनी असर परेको छैन । म अशक्त हुनुमा झन गीत, संगीत लेखनमा ठुलो उर्जा र उत्साह मिलेको छ । गीत लेखनले झन मेरो सामाजिक सेवामा ठुलो टेवा मिलेको छ ।

सांगीतिक क्षेत्रलाई तपाईले कसरी हेर्नु भएको छ? तपाईको विचारमा संगीत के हो ?

संगीतिक क्षेत्र भनेको एउटा बिशाल पुल हो । जसले सारा यो संसारलाई एउटा यस्तो प्रेममा जोडिदिन्छ । मानिसहरू झुम्छन् त्यहाँ आनन्द महसुस गरिरहेका हुन्छन् । र मेरो बिचारमा संगीत भनेको बिशाल समुन्द्र हो जसले संसारको तृष्णा मेटाईदिन्छ ।

तपाईले गीत लेख्न थाल्नु भएको कति वर्ष भयो ? अहिलेसम्म कतिवटा गीत लेखि सक्नुभएको छ ?

म ८ कक्षामा पढ्दादेखि नै गीत, कबिता, कथाहरू लेख्न थालेकी हुँ । कति मेरा लेखहरू अलिखित कथा भए । मसँग सीमित भएका गीतहरू ६० वटा छन् ।

तपाईको बाल्यकाल कस्तो रहयो ? तपाईंको पारिवारिक जानकारी पनि बताईदिनु हुन्छ कि ?

मेरो बाल्यकाल अति दुखदायी थियो । मेरो बाबा ब्रिटिश आर्मी हुनुन्थ्यो । रिटायर भएपछि गाँउमै फर्किनुभयो ।  म ५ महिनाको हुँदा मेरो जीवनमा दुखदायी घटना घट्यो । त्यसपछि मैले मेरो हिड्ने सहारा नै गुमाएं । मेरो परिवारमा म, मेरो श्रीमान रमेश लामा, २ छोरा रोनिस र रोयन छन् ।

तपाईं गीत लेखिरहदा कस्तो महसुस गर्नुहुन्छ ? गीत कसरी जुराउनु हुन्छ ?

संगीत एउटा विशाल समुन्द्र हो । समुन्द्र वारिपारि जाने पुल बनाउनुपर्छ । त्यसरी नै मेरो पनि ठुलो र मजबुत सांगीतिक पुल बनाएर यो संसार छाउने  योजना छ । कोसिस गर्दै छु । राम्रा-राम्रा गीत लेख्ने प्रयासमा छु । मैले दुईवटा सिप्पोरा र परिधी एल्वम निकाली सकेको छु । अब चाडै YouTube मा आउनेछ ।

तपाईको भावी सांगतिक योजनाको बारेमा बताई दिनुहोस् न ?

हरेक मानिसको लेख्ने शैली फरक-फरक हुन्छन् । जुन समय म भित्र फुर्छ । त्यस समयमा लेख्छु । आफै शब्दहरु एकपछि अर्को आउंछ । यसरी लेख्दा लेख्दै गीत बन्छ । लेखि सकेपछि पढ्छु । अनि खुसीको महसुस गर्छु । कहिलेकाहीँ आफै रुन्छु । यो शब्द कसरी लेख्न सके भनेर । संगीत एउटा विशाल समुन्द्र हो । समुन्द्र वारिपारि गर्न पुल चाहिन्छ । त्यसैले मैले पनि ठुलो र मजबुत संगीतिक पुल बनाएर यो संसारलाई छाड्ने योजना छ । कोसिस गर्दैछु । राम्रो गीत लेख्ने प्रयासमा छु ।

अन्त्यमा, नेपालपत्रवाट आम पाठकहरु र तपाईका श्रोताहरुलाई के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम नेपाल पत्र टिम लगायत संवाददाता राम मगर ज्यूलाई धन्यवाद दिने त्यो शब्द मसँग छैन । मेरो हृदयको अन्तारस्करणवाट धन्यवाद दिन्छु । म विदेशमा रहेता पनी नेपालमा नै भएको महसुस् गरेकी छु । मेरा पाठक र स्रोता भनेका मेरा मुटुका टुक्रा हुन् । मेरा उर्जा र उत्साह हुन् । अनि मेरा यात्रा हुन् । मेरा आम पाठक, स्रोता र म वीच नङ र मासुको जस्तै सम्बन्ध र गहिरो, अथाह प्रेम छ । अन्त्यमा फेरी  पनि यो अवसर जुराइदिनु  भएकोमा धन्यवाद ।