७ बैशाख २०८१, शुक्रबार

अग्निपीडितलाई राष्ट बैंकले २५ लाखसम्म सहुलियत कर्जा दिदै


bojpur

२५ पुस, काठमाण्डौ । सप्तरी, भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीवाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण पाउने भएका हुन् । पीडितहरुले जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिस जुटाउनु पर्नेछ । पीडितहरुले घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवनसंहिता र भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना भने गरेको हुनुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !