७ बैशाख २०८१, शुक्रबार

सात बर्षपछि प्रदर्शनको तयारीमा सुब्बाको ‘गुडबाई काठमाडौं’


असोज २६, काठमाडौँ | निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गुडबाई काठमाडौं’ करिब सात वर्षपछि प्रदर्शन हुने भएको छ। फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ।

फिल्म दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको  छबुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्मले सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित ‘जिमजिसिओके अवार्ड’का लागि प्रतिस्पर्धामा समेत भाग लिने भएको हो ।

एक दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले फरक फरक सपना बाँचेका तीन युवाको कथा भन्नेछ। फिल्मले राजनीति द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कुरालाई प्रस्तुत गरेको छ। विश्वका केही प्रतिष्ठित अवार्डमा सहभागिता जनाइसकेपछि मात्र फिल्मको प्रदर्शन मिति तय गर्ने जानकारी दिइएको छ ।

‘फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्भिका सुब्बा, माला लिम्बु लगायतको अभिनय रहेको छ। फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ।राजेश गोङगजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन्।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !