७ बैशाख २०८१, शुक्रबार

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान 


असोज १, भारत । भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर विश्व कीर्तिमान राखेकी छन् । चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी (सुसेली) बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

गिनिज बुकका अनुसार यसअघि सबैभन्दा लामो समय सिट्ठी (सुसेली) बजाउने ब्यक्तिको कीर्तिमान क्यानेडियन महिला जेनिफरअनिवी डेविस को नाममा रहेको थियो । डेविसले लगातार २५ घन्टा ३० मिनेट ५ सेकेन्डसम्म सिट्ठी बजाएकी थिइन् । उनले गत शनिबार बिहानदेखि आइतबार दिउँसो ३ बजेसम्म ३० घन्टा १ मिनेट १० सेकेन्डसम्म सिट्ठी बजाएपछि जेनिफरको कीर्तिमान् भंग भएको हो ।

पूजा शास्त्रीय संगीतको पोख्त गायिकासमेत हुन् । उनले यस कीर्तिमानीको लागि हिन्दि चलचित्र ‘रकस्टार’ को गीत ‘तुम हो’लाई सुसेलेर सिट्ठी बजाएकी थिइन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !